सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बर्दिवासमा बस दुर्घटना, सहचालकको मृत्यु

  • प्रकाशित मिति : शनिबार, बैशाख १३, २०७७



  • काठमाडौंबाट उदयपुर जाँदै गरेको बस आज बिहान महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ।

    बस बर्दिवास नगरपालिका-३ को बाटु भन्ने स्थानमा बा ३ ख ४०३६ नम्बरको बस बिहान ४ बजे दुर्घटनामा परेको हो।

    घटनामा बसका सहचालक बाबुराम विकको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। घाइते भएका व्यक्ति २० वर्षिय प्रदिप बिके भएको महोत्तरी जिल्ला प्रहरीका डिएसपी माधव बुढाथोकीले बताए। उनको स्तानिय अस्पतालमा उपचार भइरहेको छ।

    बसमा ३५ यात्रु सवार थिए। बस सडकछेउको नालीमा खस्न पुगेको थियो। चालक फरार रहेकाले बस के कारणले दुर्घटनामा पर्‍यो भन्ने बारेमा केही थाहा हुन नसकेको डिएसपी बुढाथोकीले बताएका छन्।

    उनका अनुसार चालकको खोजी भइरहेको छ।

    यसैगरी सो बसमा सवार अन्य यात्रुलाई अर्को बसको व्यवस्था गरी उदयपुर पठाइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij