सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

“आजको सन्दर्भ” अक्षय तृतीयाको महिमा -रमेशकुमार महत

  • प्रकाशित मिति : आइतवार, बैशाख १४, २०७७



  • बैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई अक्षय तृतीया भनिन्छ ।अक्षय को अर्थहुन्छ कहिल्यै क्षय नहुने यानेकि नास नहुने ।आफुलाई अक्षय शक्ति मिलोस् भनि आजको दिनमा बृद्दहरुलाई लौरो,छाता तथा अन्य ऊपभोग्य सामाग्रिहरु दान गरि अक्षय पुण्यको कामना गरिन्छ । आजको यस पवित्र दिनमा जुन शुभ कार्य गरिन्छ त्यसको अक्षय फल पाइन्छ भन्ने विश्वास रहिआएको छ ।यसै कारण आजको तिथिलाई अक्षय तृतीया भनिएको हो।

    आजको दिन विहानको नित्यकर्म पछि माटोको भाडोमा राखिएको सर्वत र सातु खाने गरिन्छ ।अहिले हुने मौषम अनुसार पनि सर्वत र सातु मानिसको स्वास्थ्यको लागि अति उत्तम छ ।शुद्ध जल, मरिच,अलैचि,ल्वांग,सुकुमेल पिसेको धुलो मिश्रण गरि सर्वत बनाईन्छ भने ,जौ,गहु,चना आदि अन्न मिसाई भुटेर पिसेको सातु बनाईन्छ ।

    सायद मानव सभ्यताको बिकासको क्रममा सातु सर्वतलाई प्रमुख खाद्य वस्तुको रुपमा प्रयोगमा ल्याईएको हुनु पर्दछ जुन अहिलेको खाद्य वस्तुहरु भन्दा अझै स्वस्थवर्धक,पोषणयुक्त छ । साथै यात्रा क्रममा पनि सातु र सर्वत निकै उपयोगि छ ।

    यस तिथिको युगादि तिथिहरूमा गणना हुन्छ, सत्य युग र त्रेता युगको प्रारम्भ यसै तिथिबाट भएको मान्यता छ । आजको दिन शुभकार्य शुभारम्भ गर्नको लागि उपयोगि दिन पनि हो । आजकै दिन हिमालय पुत्रि पार्वति र देवाधिदेव महादेवको बिबहा भएको दिनको रुपमा पनि मानिन्छ त्यतिमात्र होईन बेद ब्यासले माहाभारतको लेखन पनि आजकै दिनमा आरम्भ गरिएको मान्यता रहि आएको छ ।

    अहिले विश्वव्यापी रहेको कोरोना भाईरसको संक्रमणको सन्दर्भमा नेपालमा १४ बर्षको वालक देखि ६५ बर्षको बृद्द पनि संक्रमणको ऊपचारबाट स्वस्थ हुन सफल हुनु भएको छ । सौभाग्यवस यत्रो माहामारिमा नेपालमा सबै संक्रमित जीवित रहन सफल छन् । हामिले यस संक्रमणको कुनै अपृय घटना सुन्न र भोग्न परेको छैन ।

    जसको कारण हामि संग भएको हिमालय क्षेत्र,यांहा ऊत्पादन हुने पोषणयुक्त खाद्यान्न र स्वच्छ वातावरण नै हाम्रो शरिरमा भएको रोगप्रतिरोध क्षमता( Immune power)को कारण हुन सक्दछ । तसर्थ हाम्रा परंपरागत खाद्य वस्तु,खाद्य वस्तुको प्रांगारिक प्रविधिबाट ऊत्पादन र ऊपलव्ध स्वच्छ वातावरण को संरक्षण गर्नु आजको आवस्यकता हो । जसरि हाम्रा पुर्खाले स्वच्छ वातावरण भएको धर्ति हामिलाई छाडेर जानुभएको छ,हामिले पनि आगामि पुस्तालाई त्यहि स्वच्छ वातावरण भएको धर्ति छाडेर जाने प्रण हामि सबैले गर्नु पर्दछ । अक्षय तृतीयाको अबसरमा तपाईका सबै अशल कामनाहरु अक्षय रहुन् ।शुभकामना !

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij