सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

लकडाउनमा देशभरबाट ४ सय ४२ जना कैदीबन्दी रिहा

  • प्रकाशित मिति : आइतवार, बैशाख २१, २०७७



  • काठमाडौं, बैशाख २१ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना संक्रमणको जोखिम हुने भन्दै सरकारले लकडाउन (बन्दाबन्दी) को अवधिमा गम्भीर अपराधमा जेल सजाय भोगिरहेका कैदीहरुलाई धमाधम रिहा गर्‍यो । तर, यो अवधिमा सरकार विरुद्ध धारणा राखेकै आधारमा नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायलगायतलाई पक्राउ गरियो ।

    नेपालका कारागारहरुमा क्षमता भन्दा बढी कैदी बन्दी राख्दै आएको सरकारले कोरोना संक्रमणको उच्च जोखिम हुन सक्ने भन्दै ठूलो संख्यामा कैदी बन्दी रिहा गरियो । बन्दाबन्दीको अवधिमा देशभरका कारागारहरुबाट २ सय १४ र बालसुधार गृहबाट २ सय २८ गरी ४ सय ४२ जना रिहा भएका छन् ।

    कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कणेलले सार्वजनिक अपराध र अभद्र व्यवहारमा कैद बसिरहेकाहरुलाई रिहा गरिएको जानकारी दिए ।

    कारागारमा कोरोना संक्रमणको उच्च जोखिम भएको भन्दै सरकारले कैदी बन्दीको संख्या घटाउने निर्णय गरे पनि बन्दाबन्दीकै अवधिमा पुर्पक्षका लागि भन्दै करिब ७ सय जनालाई विभिन्न अभियोगमा जेलचलान गरियो ।

    यसबीचमा नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायलगायतलाई सरकार विरुद्ध सामाजिक संजालमा अभिव्यक्ति दिएको अभियोगमा पक्राउ गरियो । जसको चौतर्फी विरोध भयो । अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार अनुदार रहेको टिप्पणीहरु भए । उपाध्याय आफूलाई पक्रनु न्यायोचित थिएन भन्छन् ।

    देशको निजामती प्रशासनको उपल्लो पदमा पुगेको र कानून निर्माणमा महत्वपूर्व भूमिका खेल्नु भएका उपाध्यायले कानुन नजानेको भन्न सुहाउने विषय होइन । यो तहमा रहेका व्यक्तिले शिष्ट ढंगले असहमतिहरु राख्नु पर्दछ ।

    कोरोना संक्रमण हुन सक्छ भनेर कैदी बन्दीलाई रिहा गर्नु अनि सामाजिक संजालमा टिप्पणी गरेकै भरमा पक्राउ गरी प्रहरी नियन्त्रणमा राख्नुले सरकारको दोहोरो मापदण्ड झल्किएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij