सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

तीन दिनसम्म मेघगर्जनसहित असिना पानी पर्ने

  • प्रकाशित मिति : बिहिबार, बैशाख २५, २०७७



  • काठमाडौं । पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भुभाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेका कारण आज देशभर सामान्यता मौसम बदली रहने छ ।

    देशको पश्चिमी भूभागका केही स्थान र मध्य र पूर्वी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    काठमाडौंमा अहिले मौसम बदली भई चट्याङ्ग सहित पानी परिरहेको छ । भोलि र पर्सिपनि मौसम बदली रहने र देशका विभिन्न ठाउँमा मेघगर्जनसहित चट्याङ्ग असिना र हावाहुरी सहित वर्षा हुने महाशाखाको अनुमान छ ।

    भोलि बिहान पहाडी भूभाग तथा केही तराइका भागमा मेघगर्जनसहित पानी पर्नेछ ।

    त्यस्तै पर्सि (शनिबार) पश्चिमी तथा मध्य भूभागमा चट्याङ्गसहित पानी पर्नेछ । तसर्थ सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij