प्रकाशित मिति : बिहिबार, बैशाख २५, २०७७
आज बैशाख शुक्ल पुर्णिमा, सिद्धार्थ गौतम बुद्ध जन्मनु भएको दिन अर्थात २५६४ औं बुद्ध जयन्ति । बिश्व शान्तिका दुत गौतम बुद्ध जन्मनु भएको दिनको रुपमा बिश्वभर आज बुद्ध जयन्ती मनाईने गरिन्छ ।
सिद्धार्थ गौतमकाे जन्म तिलौराकोट राज्यका शाक्यवंशका राजा बाबु सुद्धोदन र रानी मायादेवीको कोखबाट भएको थियो ।रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि आरामका लागि बसिन् । त्यहीँ उनलाई पुष्करिणी सरोवरको किनारमा एउटा रुखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको मानिएको छ ।प्राम्भमा गौतम बुद्धको नाम ‘सर्वार्थसिद्ध’ राखिएको थियो । यहिं शब्दको छोटकरीमा ‘सिद्धार्थ’ नामले उनलाइ बोलाईएको थियो ।
इतिहासकारहरुका अनुसार सिदार्थ गौतम बुद्धको जन्म ५६३ ई.पू. मा नेपालको रुपन्देहि जिल्लाको लुम्बिनमा भएको थियो भने ऊनको देहत्याग ४८३ ई.पू.मा ८० बर्षको ऊमेरमा भारतको कुशीनगर भएको मानिएको छ ।ऊनि जातीयताको दृष्टिकोणले शाक्य, क्षेत्री रहेको मानिएको छ ।गौतम बुद्ध लाई बौद्ध धर्मका प्रवर्तक.अग्रजको रुपमा लिईन्छ ।
भगवान् सिद्धार्थ बुद्ध बौद्ध धर्मका प्रणेता हुन् ऊनलाई बिश्व शान्तिका दुतका रुपमा पुजिन्छ ।बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ ।
उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्राप्त राजसी सुखमा बिताएका थिए । तर पनि उनी सदा संसारमा व्याप्त दु:खको कारण र त्यसको निवारण के होला ? भनी चिन्तित रहन्थे। यही दु:ख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा राजपाठ र गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे। अन्तत: कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे। भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको बृक्ष मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यकसम्वोधि प्राप्त भयो र त्यसपछि उनी सम्यक सम्बुद्ध रुपमा रुपान्तरित भए । त्यसपछि ४५ वर्षसम्म उनी भारतवर्षका विभिन्न ठाउँ पुगी दु:ख निवारणको लागि आफुले प्राप्त गरेको महाज्ञान बाँड्ने कार्यमा लागिपरे।
संसारको निस्सारता महसुस गरेर आजित भएका गौतम बुद्धले यस निस्सारता बाट मुक्ती पाउने क्रममा उनिमा संसार प्रतिको कुनै मोह बाँकी रहेन । उनलाई सबै कुरा क्षणभङुर लाग्यो । उनमा संसार प्रति वैराग्य उत्पन्न भयो । बैराग्यकै कारण विभिन्न ठाउँमा जाने क्रममा सिद्धार्थ गौतम भारतको बोधगया पुगेर त्यहाँ तपस्या गरे । तपस्या गर्दै गर्दा उनले त्यहिबाट बुद्धत्त्व प्राप्त गरे । उनी साम्सारिक दुखको जड सम्म पुगे र बुझे की संसारमा आफ्नो भन्नु केही छैन । ऊनको जीवनकालको निष्कर्ष थियो संसारमा दुखको जड भनेको मान्छे आफै हो । ।
आज भोलि गौतम बुद्धलाई एक आदर्श, तत्वज्ञानी पुरूषको रूपमा लिईन्छ र बौद्ध धर्मावलम्बीहरूले ऊनलाई आफ्नो धर्म प्रवर्तकको रुपमा लिने गरिएको छ ।
हिन्दु परम्परा अनुसार बुद्धलार्इ भगवान बिष्णुको नवाैं अवतारको रूपमा मानिन्छ ।हिन्दु धर्म र बुद्ध धर्मलाई एकै “ॐकार” परिवार भित्र मान्ने धार्मिक परंपरा रहिआएको छ । यहि भावनाको कारण हिन्दु र बाैद्ध धर्मावलम्बीहरु बिच धार्मिक सहिष्णुता र हार्दिकता समेत रहि आएको छ । बुद्धका उपदेशहरू अनिश्वरवादी, अनात्मवादी भएकाले बुद्ध शिक्षा वैदिक परम्परा भन्दा पृथक छ । त्यसैकारणले बाैद्ध दर्शनलाई धर्म भन्दा पनि विचार र आदर्शको रुपमा मानिएको छ ।
बिष्णुको अवतार मानिएको बुद्ध यस पृथ्वीमा बारम्बार जन्म लिने बिश्वास गरिन्छ । बुद्ध अवतार पछि भगवान विष्णुले कल्कि अवतारको रूपमा जन्म लिए । यतिमात्र नभई जव जव धर्मको हानी हुन्छ तव तव त्यसलार्इ पुनः संस्थापन गर्न बारम्बार जन्म लिन आउँछु भनि विष्णुले भेनेका छन् भनि धार्मिक ग्रन्थहरुमा भनिएको छ ।
बुद्धले दु:ख मुक्तिमार्गलाई सदैव प्राथमिकतामा राखेका छन् ।उनसे प्रदान गरेका शिक्षा दु:ख र दु:खमुक्तिको उपाय संग सम्वन्धित रहेको छ ।बुद्धको प्रयोगत्मक शिक्षालाई ३ किसिमले वर्गिकरण गर्ने चलन छ: शील, समधि र पज्ञा। शीलको जगमा रहेर ध्यानद्वारा समधि पुष्ट गर्दै पज्ञा उत्पन्न गराउन सकेमा नै दु:खमुक्तिको अवस्था निर्वाणको साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij