आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यो साताको ८ राशिको भाग्य, तपाईको राशि कुन ?

  • प्रकाशित मिति : शनिबार, बैशाख २७, २०७७



  • मेष :

    कर्मचारी वर्गले गोपनियता तथा आर्थिक कारोबारमा सचेतता अपनाउनु पर्नेछ । आलोचना गर्नेहरू बढी नै हुने भए तापनि तपाईंका दृढताले पराजय सामना गर्नुपर्ने छैन ।

    वृष :

    मित्रहरूबाट नौलो किसिमका प्रस्तावहरू आउनेछन् । सकारात्मक रूपमा लिनुहोला ।

    मिथुन :

    इष्र्या गर्नेहरूपछि लागेको अवस्था छ भविष्यका लागि विशेष कार्यमा जग बसाउन सकिनेछ । बन्न लागेका कार्यहरू ओझेलमा पर्नेछन्।

    कर्कट :

    कुनै क्षेत्रबाट पनि आकस्मिक लाभ हुने छैन । पारिवारिक योजना कार्यान्वयन गर्न कठिनाइ हुनेछ । परिचित मित्रबाट समेत सहयोग नपाइएला ।

    सिंह :

    योजनाहरू आंशिक रूपमा कार्यान्वयन हुनेछ । मनको उत्साह भयमा परिणत हुन सक्नेछ । मानसिक दुर्बलता देखा पर्न सक्छ ।

    कन्या :

    प्रशंसाकहरूले आलोचना गर्न सक्छन् । कम बोल्दा आफू सुरक्षित भइनेछ । आफूले चालेका महत्वपूर्ण कार्यहरू ओझेलमा पर्नाले मनमा चोट पर्न सक्छ ।

    तुला:

    समाजसेवा तथा परोपकारी कार्य गर्दा धेरैको मन जित्न सकिनेछ । प्रतिष्ठा जोगाउन अरूका लागि समय धन तथा बुद्धि खर्चनु पर्नेछ ।

    वृश्चिक :

    परोपकारी भावनाले गरिएका सामाजिक प्रयासहरूले चौतर्फी प्रतिष्ठा बढाउनेछ । गणेश भगवानको आरधाना गर्न सके मन विचल्लित हुने छैन ।

    धनु :

    समयले साथ नदिँदा पछि परिनेछ । मेहनतले सफलता दिलाउन सक्छ । प्रतिकूल अवस्थामा पूर्वयोजना कार्यान्वयन नगर्दा नै उपयुक्त हुनेछ ।

    मकर :

    अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । विपन्न आर्थिक समुदायमाझ सहयोगी भूमिका निर्वाह गर्दा आफ्नो परिचय चर्चित बनाउन सकिनेछ ।

    कुम्भ :

    पुरुषार्थले अप्ठ्यारा समस्या सुल्झाउँदै प्रतिष्ठा दिलाउन सक्छ । प्रतिकूल परिस्थितिमा शुभचिन्तकहरू कमै हुनेछन् भने फाइदा उठाउनेहरू प्रशस्त भेटिनेछन् ।

    मीन :

    आर्थिक सन्तुलन गडबड हुँदा प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन् । बोलीको मघुरताले बिग्रिएका सम्बन्धलाई सहयोग गर्नेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij