प्रकाशित मिति : शनिबार, जेष्ठ ३, २०७७
उदयपुर । उदयपुरमा एक २५ वर्षीय संचारकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
योसहित उदयपुरमा कोरोना भाइरस संक्रमितको संख्या ३३ पुगेको छ ।
वैशाख ३१ गते जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले २६ सञ्चारकर्मीसहित ६० जनाको पीसीआर परीक्षणका लागि नमूना थ्रोट स्वाव संकलन गरेको हो ।
शुक्रबार वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना प्रयोगशालाले एक जनामा कोरोना पोजेटिभ पुष्टि गरेको हो ।
उनलाई शनिबार कोसी अञ्चल अस्पतालको विशेष उपचार केन्द लगिने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij