सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

ललितपुरमा १ जनाको मृत्यु, मृतककाे संख्या ५ पुग्याे

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १५, २०७७



  • काठमाडौं । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । ललितपुरको किस्ट अस्पतालमा ललितपुर महानगरपालिका – २२ का ५७ वर्षिया पुरुषकाे मृत्यु भएकाे हाे । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

    स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार किस्ट अस्पतालमा भर्ना भएका उनको सघन उपचार कक्ष (आइसियू) मा उपचार भइरहेको थियो ।

    उनले डिसी नेपालसँग कुरा गर्दै भने, ‘उहाँ पाटन अस्पतालमा उपचारका लागि जानु भएको थियो। कलेजो सम्बन्धी समस्याबाट ग्रसित उहाँलाई जेठ ११ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो।’

    जुनसुकै विरामीको पनि कोरोना परीक्षण अनिवार्य भएकाले उहाँको परीक्षणमा पनि कोरोनाको लक्षण पोजेटिभ देखिएको उनले बताए । उनले भने, ‘अहिलेअस्पतालमा उपचारका लागि आउने सबैको कोरोना परीक्षण अनिवार्य भएको छ। उहाँ पनि कोरोनाको लागि अस्पताल आउनु भएको हैन्। अन्य समस्या भएर आउनु भएको हो। तर, आज आएको रिपोर्टमा कोरोना पुष्टि भएको छ।’

    डा. गेलालका अनुसार, अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर, आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो । अस्पतालले १२ गते नै उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको छ । यद्यपि, कोरोनाका कारण मृत्यु भएको भनेर औपचारिक घोषणा गर्न बाँकी ।

    उनले भने, ‘किस्ट अस्पतालका अन्यको सुरक्षाका लागि आवतजावतमा रोक लगाएका छौं, प्रशासन संग कुरा गरेर सिल गर्ने कि भन्नेबारे छलफल भइरहेको छ। तर, उहाँको उपचारमा संलग्न डाक्टर र अन्य कर्मचारीलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिइसकेको छु। उहाँहरुको चाडै परीक्षण पनि गरिने छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij