सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

गौमुखी गाउँपालिकाको आठौँ गाउँ सभा सम्पन्न

  • प्रकाशित मिति : बिहिबार, असार ११, २०७७



  • जोगिन्द्र मल्ल,प्यूठान असार १०

    “कृषि शिक्षा ,पर्यटन र पुर्बधार प्राथमिकता हाम्रो ! सबै स्वास्थ र समृद्धि भए,बन्छ गौमुखी राम्रो !” भन्ने मुल नारालाई आत्मसाथ गर्दै गौमुखी गाउँपालिका प्युठानको आठौँ गाउँ सभा सम्पन्न भएको छ ।गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले आठौ गाउँ सभा समक्ष आ ब २०७७/७८को बार्सिक निति तथा कार्यक्रम पस्तुत गर्नु भएको छ ।

    निति तथा कार्यक्रम पस्तुत गर्दै अध्यक्ष गिरीले आ ब २०७६/७७ मा जस्तापाताले बिपन्न १४६० घर धुरी छाइसकेको यो बर्ष ११६ परिवार लाभान्वित भएको,गौमुखी गाउँपालिका का ७ वटै वडा भवन सम्पन्न र गाउँपालिकाको बहुबर्सिय सुबिधा सम्पन्न सभाहल निर्माण भइ रहेको ,सडक गुरुयोजना निर्माण भइ सकेकोले योजना तथा बाटोको सन्जाल जोदिने ,गाउँपालिकामा ३ रोपनी जग्गा प्राप्त गरेको र वडामा पनि प्राप्त गरेको ,धार्मिक पर्यटकिय स्थलको पर्यटन प्रबर्द्धन गर्न गौमुखीमा माघ १ गते भ्रमण बर्ष २०२०को शुभारम्भ गरिएको ,गत बर्ष ४ वटा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको, कोरोना भाइरसको महामारी भइ रहेको सन्दर्भमा गौमुखीमा क्वारेन्टाइन तथा आइसोलेन्स निर्माण गरिएको ,प्राप्त औषधि खरिद र दुर्गमका बिरामीहरुलाई सेवा सुबिधाका लागी एम बि बि एस डाक्टर सहितको सेवा प्रदान गरिएको तेसै गरि आ ब २०७७/७८ मा कोरोना भाइरसको महामारी ले देशमै अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्ने खालका योजना बनाउन जोड दिने र स्वास्थ्य , युवा रोजगार मुखी ,कृषि, पशु,खानेपानी ,बन, पर्यटन,खेलकुद शिक्षामा लगानी ,सडक स्ततोस्तरुन्नती जस्ता महत्त्वपूर्ण योजना रहेका छ्न ।एक घर एक धाराको निति अबलम्बन जनगुनासो सम्बोधन ,गर्ने रहेका छन ।

    तेसै गरि युवा ,महिला ,दलित ,जनजाति र बिपन्न बर्गलाई प्राथमिकता दिइने छ।भने इमानदारीता ,निश्पक्षता,कर्तब्यता,पारदर्सिता सस्कृतीको बिकास गर्ने र कोभीड विशेष रोजगारी सिर्जना गर्ने रहेका छ्न।भने २०४९ सालमा जननिर्वाचित सामाजिक ब्यक्तित्व जिवित सबैलाई सम्मान गरिएको थियो ।भने गाउँपालिकामा योगदान पुराएका कर्मचारीहरु सम्मानित भएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij