सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

कोरोना जितेर घर फर्किएका पाल्पाका युवाले घर पुगेको २० मिनेटमै आत्महत्या गरे

  • प्रकाशित मिति : मङ्लबार, असार २३, २०७७



  • काठमाडौं। कोरोना जितेर घर फर्किएका पाल्पाका एक युवाले आत्महत्या गरेका छन् । रम्भा गाउँपालिका–४ हुमिनका २० वर्षीय एक युवाले कोरोना जितेर घर फर्किएकै दिन सोमबार बेलुकी आत्महत्या गरेको वडा सचिव मिलन काफ्लेले जानकारी दिए ।

    काफ्लेका अनुसार उनले घर पुगेको २० मिनेटमै आत्महत्या गरेका हुन् । यी युवा भारतबाट फर्किएका थिए । फर्किएलगत्तै परीक्षणमा उनी कोरोना संक्रमित पाइएपछि उनलाई लुम्बिनी मेडिकल कलेजस्थित आइसोलेसन सेन्टरमा राखेर उपचार गरिएको थियो । उपचारपछि उनी पूर्ण रुपमा निको भएपछि सोमबार उनलाई डिस्चार्ज गरिएको थियो ।

    सोमबार डिस्चार्ज भएर उनी घर गएका थिए । घर पुगेको २० मिनेटमै उनले झुण्डिएर आत्महत्या गरे । उनले पारिवारिक तनावका कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । उनको घरमा कोही पनि थिएनन् । उनकी आमा र दाजु केही वर्षअघि बेपत्ता भएका थिए ।

    उनका पिताले कान्छी बिहे गरी तराइतिर बदै आएका छन् । घरमा उनी एक्लै थिए । घरमा खाने कुरा पनि केही नभएको, परिवार पनि नभएको र पुनः भारततर्फ काम गर्न फर्किने स्थिति पनि नभएको अवस्थामा उनले तनावमा आएर आत्महत्या गरेको हुन सक्ने आत्महत्या गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij