प्रकाशित मिति : मङ्लबार, असार २३, २०७७
झिमरुक, असार २३ । प्युठानमा मंगलबार बिरुवा रोप्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर एक युवकको मुत्यु भएको छ ।
माण्डवी गाउँपालिका वडा नं १ अरुणखोलास्थित इमानसिंह विष्टका जग्गामा बिरुवा रोप्ने क्रममा खसेको ढुङ्गाले लागी घाइते भएका २९ वर्षीय डोरबहादुर कुुँवरको उपचारका लागि बिजुवार ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij