सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

पौडी खेल्ने क्रममा एकजना बालक बेपत्ता

  • प्रकाशित मिति : मङ्लबार, असार ३०, २०७७



  • वीरगञ्ज । पर्साको तिलावे खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालक बेपत्ता भएका छन् । वीरगञ्ज महानगरपालिका–१९ बिन्दवासिनी बस्ने मुकेशकुमार साह कलवारको १२ वर्षीय छोरा सुमितकुमार साह कलवार बेपत्ता भएको स्थानीयले बताएका छन् । वीरगञ्जमा पढ्दै आएका उनी लकडाउनका कारण घरमा गएर बसेका थिए ।

    उनीसहित ६ जना बालक पौडी खेल्न तिलावे नदीमा गएका थिए । पौडी खेल्ने क्रममा सुमित बेपत्ता भएको स्थानीयको भनाइ छ । उनीसँगै पौडी खेल्न गएका साथीहरुले सुमितलाई खोलाले बगाएको जानकारी दिएका थिए ।

    बिन्दबासिनीकै रोहित कुमारले खोलामा शौच गर्न गएको बेलामा डुब्न लागेको देखेर एक जनाको उद्धार गरेको बताए । ‘म र एक जना साथी तिलावे खोलामा शौच गर्न गएका थियौं, पानीमा एउटा बालक चिच्याइरहेको थियो, त्यसपछि किनारबाट हात दिएर निकालेका हौं,’ उनले भने, ‘कति जना पौडी खेल्न गएको हो, कतिजना बेपत्ता छन् ? मलाई जानकारी छैन ।’

    स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय पर्सा, विपद् व्यवस्थापन गुल्मको टोली गएर बालकको खोजी गरिरहेका छन् । नदीको पानी धमिलो र बहाव पनि बढी भएका कारण खोज्न समस्या भइरहेको छ । बेपत्ता बालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।

    ‘लाइफ ज्याकेटसहित पौडीवाजको टोलीलाई खोज्न लगाएका छौं, भारतीय सीमा क्षेत्रसम्म खोजी भइरहेको छ,’ उनले भने, ‘ अहिलेसम्म बालक फेला परेको छैन, कोसिस जारी छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij