प्रकाशित मिति : आइतवार, साउन ४, २०७७
प्यूठान । प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
गएराती १ बजे स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु २ च ४२३४ नंम्बरको ट्याक्टर दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
मुत्यु हुनेमा रोल्पा रुनटीगढी गाउँपालिका–५ वाइजाका अन्दाजी २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिम बहादुर बस्नेत, १९ वर्षीय बिरेन्द्र बाठा मगर, १९ वर्षीय थमन बाठा मगर, गोर्वधन वाठा मगर, २५ वर्षीय कविराज बस्नेत र ट्याक्टर चालक त्रिवेणी गाउँपालिकाका २५ वर्षीय कमल कुँवर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरिक्षक बिष्णु पौडेलले जानकारी दिनुभयो ।
मृत्यु भएकाहरु भिंग्री स्वर्गद्वारी मोटरबाटो स्तरउन्नती गर्ने कामदार हुन् । ट्याक्टर सडकबाट करिब पाँचसय मिटर तल खसेको छ ।
राती पानी परेका कारण उद्धार गर्न नसकिएको र अहिले नेपाली सेना, नेपाल प्रहरीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ । साउने संक्रान्ती मानेर फर्कने क्रममा दुर्घटना भएको बताइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij