प्रकाशित मिति : बुधबार, साउन ७, २०७७
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक सम्बन्धमा सुमधर सम्बन्ध कायम हुनेछ । महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अधुरा कामहरू पूर्ण हुनेछन् । हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ र परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आत्मविश्वास घट्ने छ । कामप्रति र लगनशीलतामा साेचेअनुसार अगाडि बढ्न सक्दैन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक क्षेत्रमा मानसम्मान र प्रतिष्ठा प्राप्ति हुने छ । तपाईंले गर्नुभएको बाचा पूरा गर्न सङ्घर्ष गर्नुपर्ने याेग रहेकाे छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कार्यकाे थालनी हुनेछ। कर्मसिद्धिको समय भएकाले आम्दानीमा कमी आउने छैन।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) गरेका प्रयासमा भाग्यले साथ दिनेछ । अचानक हर्षित हुने समाचार मिल्नेछ । परोपकारी काममा खट्नु पर्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ। खानपिन, घुमघाम एवं भेटघाटको बेला छ। दिन छिप्पिंदै जाँदा समय भाग्यशाली हुनेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ। घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) चाेटपटककाे सम्भावना रहेकाे छ। सानातिना घरायसी समस्यामा दौडधूप गर्नुपर्ने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ। डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन सक्ने याेग रहेकाे छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग प्राप्त हुनेछ। आजको दिन विशेष सावधानी पुर्वक कार्यगर्नु पर्ने देखिएकाे छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij