आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लकडाउन खुकुलो भएपछि सङ्क्रमण दर बढ्दै

  • प्रकाशित मिति : आइतवार, साउन १८, २०७७



  • sf7df8f}F, & ;fpg M sf]le8 !( sf] lgoGq0f tyf /f]syfdsf nflu nufPsf] aGbfaGbL v'n]kl5 a'waf/ sf7df8f}Fsf] rqmkyl:yt a;'Gw/fdf u'8]sf ;fj{hlgs oftfoftsf ;fwg . t:jL/ M /f]zg ;fksf]6f, /f;;

    काठमाडौँ। लकडाउन खुकुलो भएयता कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार लकडाउनअघि र खुकुलो भएपछिको अवस्थामा सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ ।

    मन्त्रालयका अनुसार लकडाउन खुकुलो भएपछिको ११ दिनमा दुई हजार ९२ जना सङ्क्रमितको पुष्टि भएको छ । जसमध्ये पछिल्लो पाँच दिनमा मात्रै एक हजार तीन सय जनाभन्दा बढी सङ्क्रमित भएका छन् । लकडाउन खुकुलो हुनुअघिको ११ दिनमा सङ्क्रमित हुने एक हजार ३४५ रहेको थियो । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले परीक्षणको दायरा बढेकोले समेत सङ्क्रमित बढी भएको जानकारी दिए।

    उहाँका अनुसार असार २७ गतेदेखि साउन ६ गतेसम्म ४७ हजार ८७७ जनाको स्वाब परीक्षण गरिएको थियो । उक्त अवधिमा सङ्क्रमण दर २।८ प्रतिशत रहेको थियो । अर्थात उक्त अवधिमा प्रति एक सय जनाको परीक्षण गर्दा करिब २।८ जना नयाँ सङ्क्रमितको पुष्टि भएको थियो ।

    लकडाउन खुकुलो भएपछिको ११ दिनमा ५८ हजार १७४ जनाको स्वाब परीक्षण गरिएको छ । साउन ७ गतेदेखि साउन १७ गतेसम्ममा दुई हजार ९२ जना सङ्क्रमितको पुष्टि भएको हो । लकडाउन खुकुलो भएयताको अवधिमा सङ्क्रमण दर ३।६ प्रतिशत पुगेको छ । लकडाउनअघि र पछिको एघार दिनमा शून्य दशमलव आठ प्रतिशतले सङ्क्रमित बढेका छन् ।

    लकडाउन खुकुलो भएपछिको पहिलो सातामा दैनिक सङ्क्रमित हुनेको सङ्ख्या एक सयदेखि १३० सम्म कायम रहेको थियो । तर पछिल्लो चार दिनमा दैनिक सङ्क्रमित हुनेको सङ्ख्या दुई सयदेखि तीन सयसम्म पुगेको छ । लकडाउन खुकुलो भएको एक सातापछि मात्रै यथार्थ असर बुझ्न सकिने जनस्वास्थ्य विज्ञहरूले बताएका थिए ।

    साउन १२ गते १३९ जना सङ्क्रमित थपिएकोमा भोलिपल्ट ३११ जना नयाँ सङ्क्रमित पुष्टि भएको थियो । त्यसयता सङ्क्रमित पुष्टि हुने दर अस्थिर देखिएको छ । पछिल्लो पाँच दिनमा मात्रै एक हजार ३३४ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पाँच दिनमा ३५ हजार १३४ स्वाब परीक्षण गरिएको छ । यसरी पछिल्लो पाँच दिनमा सङ्क्रमण दर ३.७९ प्रतिशत रहेको छ खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij