सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

गौमुखी गाउँपालिकाको २ दिने सम्पादित स्वास्थ्य कार्यक्रमहरुको बार्षीक समिक्षा गोष्ठी सम्पन्न

  • प्रकाशित मिति : शनिबार, साउन ३१, २०७७



  • जोगिन्द्र मल्ल गौमुखी प्युठान / गौमुखी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आ ब २०७६/०७७ को २ दिने सम्पादित स्वास्थ्य कार्यक्रमहरुको बार्षीक समिक्षा गोष्ठी सम्पन्न भएको छ।

    गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षतामा भएको गोष्ठीमा अध्यक्ष गिरीले स्वास्थ्य मानिसको जिवन सङ्ग मेल खाने भएकोले आफु हरदम सहयोग र सहकार्य गर्न तयार रहेको ,र कोभीड १९ को महामारी फैलिरहेको सन्दर्भमा दुर्गम गाउँका बिरामीलाई सहज होस भनेर एम बि बि एस डाक्टर द्वारा सेवा प्रदान गरेकोले अहिले बिरामीको भिडभाद हुन थालेको बताउदै आबस्यक औषधि तथा स्वास्थ्य सामग्री ब्यबस्थापन एबम सेवा बिस्तार गरि कर्मचारीलाई उत्साह, अनुशासन ,इमानदारीका साथ जिम्मेवारी बहन गर्न आग्रह गर्नु भयो।

    तेसै गरि प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीले कोरोना भाइरसको महामारीमा स्वास्थ्यका कर्मचारीहरुले अग्र स्थानमा रहेर काम गरेकोले धन्यवाद दिदै स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ता समेत उपलब्ध गराएको बताउनु भयो। सो गोष्ठीमा गाउँपालिका भित्र रहेका स्वास्थ्य चौकी ,आधारभूत स्वास्थ्य इकाई ,र सामुदायिक स्वास्थ्य इकाईका प्रमुखहरुको उपस्थित रहेको थियो ।भने गोष्ठीको सहजीकरण कौशलराज बैध ,हरि प्रसाद जैसी, केशव केसि लगायतले गर्नु भएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij