सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

‘चित्रकारको निधनले कला क्षेत्रमा अपूरणीय क्षति’

  • प्रकाशित मिति : सोमवार, भदौ १, २०७७



  • काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले परम्परागत चित्रकलाका सिद्धहस्त प्रेममान चित्रकारको निधनले कला क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ ।

    प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गरी नेपाली कला जगतको उन्नयनमा उनले पु¥याउनुभएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेको छ । काठमाडौँको भीमसेनस्थानमा विसं २००१ मङ्सिर २४ गते जन्मेका चित्रकारको आइतबार नेशनल अस्पताल कलङ्कीमा उपचारको क्रममा निधन भएको थियो । उहाँका तीन छोरी र एक छोरा छन् ।

    उनले आफ्नो जीवनकालमा परम्परागत कलाको विकास र विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्। उनि नेपाल परम्परागत कलाकार सङ्घको अध्यक्ष, नेपाल भाषा एकेडेमीका सदस्य, नेपाल राष्ट्र बैंक मुद्रा डिजाइनिङ कमिटीका कार्यकारी सदस्य र आर्टिष्ट सर्कलका सदस्य थिए ।

    जीवनको अन्तिम समयसम्म पनि उनि परम्परागत चित्रकला बनाउन सक्रिय रहेको प्रतिष्ठानका सदस्य सचिव विपीनकुमार घिमिरेद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । परम्परागत चित्रसँगै मूर्तिमा उनको विशेष दख्खल थियो । बौद्ध र हिन्दू देवीदेवताका जीवन्त पौभा चित्र बनाएर स्वदेश र विदेशमा ख्याति प्राप्त कलाकार थिए। उनले एकल तथा सामूहिक कला प्रदर्शनी गरेका थिए।

    नेपाली कला जगतको उन्नयनमा पु¥याउनुभएको योगदानको कदर गर्दै उनलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले विसं २०७२ मा अरनिको राष्ट्रिय ललितकला सम्मान प्रदान गरेको प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिए ।

    उनले तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट विसं २०५२ मा ईन्द्रराज्यलक्ष्मी पुरस्कार, विसं २०५७ मा नरोत्तमदास इन्दिरादेवी गुठीबाट सम्मान, विसं २०६८ मा चन्द्रअमर सिर्पा सम्मान र नेपाल हस्तकला महासङ्घबाट वरिष्ठ कलाकार सम्मान प्राप्त गरेका थिए ।

    उनले गीतसमेत रचना गरेको र “परम्परागत च्वाज्याया विधि” नामक पुस्तक प्रकाशन गरेको प्रतिष्ठानले जनाएको छ । “चित्रकारको देहावसानले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिवार, सम्पूर्ण कलाकार तथा कलाप्रेमी स्तब्ध भएका छौँ, दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछाँ,ै परिवारप्रति समवेदना प्रकट गर्दछौँ”, प्रतिष्ठानद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij