आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

  • प्रकाशित मिति : मङ्लबार, भदौ २, २०७७



  • काठमाडौं, भदौ २ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ बर्षको उमेरमा निधन भएको छ ।

    मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा काठमाडौंको कपुर धारास्थित आफ्नै निवासमा निधन भएको हो ।

    उहाँ केही दिन देखि अस्वस्थ हुनुहुन्थ्यो ।

    घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङमा भएको थियो ।

    स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका उहाँ कुशल गीतकार पनि हुनुहुन्थ्यो ।

    घिमिरेले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौं विधा(उपविधाहरुमा निरन्तर कलम चलाउदै आउनु भएको थियो । प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उहाँका लेखाइहरु दीर्घसाधनाले भरिएका छन ।

    घिमिरेले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाउनु भएको थियो ।

    उहाँको कृति मध्ये नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले, (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर(किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij