सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

उपप्रधानमन्त्रीले ओडाए राष्ट्रकविको पार्थिव शरिरमा राष्ट्रिय झण्डा

  • प्रकाशित मिति : बुधबार, भदौ ३, २०७७



  • काठमाडौं। राष्ट्रकवि माधव प्रसाद घिमिरेको पार्थिव शरिरमा नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओडाएर श्रदाञ्जली दिएका छन्। घिमिरेको आजै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिँदै छ।

    राष्ट्रकवि घिमिरेलाई श्रदञ्जली दिन उप्रधानमनत्री इश्वर पोखरेल, प्रतिनिधि सभाका सभामुख अग्नी प्रसाद सापकोटा, प्रयटनमन्त्री योगेश भट्टराई, नेपाली कांग्रेसका सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका नेता शशांक कोइराला, संगितकार सम्भुजित बास्कोटा घिमिरे निवास लैनचौर पुगेका थिए।

    घिमिरेको १०२ वर्षको उमेरमा मंगलबार मृत्यु भएको थियो। लम्जुङ जिल्लाको पुस्तुन गाउँमा १९७६ असोज ७ गते जन्मिएका राष्ट्रकवी घिमिरेले नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्मको यात्रा गरेका छन्।

    तीन वर्षकै उमेरमा मातृशोक परेका घिमिरेले ६ वर्षको उमेरमा अक्षर चिनेका थिए। ८÷९ वर्षको हुँदा पञ्चाङ्ग सिकेका घिमिरेले लम्जुङमै सस्कृत सिके र काठमाडौं हुँदै बनारससम्म पुगेका थिए।

    १४ वर्षकै उमेरमा गोरखापत्रमा साहित्य कृति छापाएर साहित्यमा होमिएका घिमिरेका थुप्रै सृजनाहरु बजारमा छ। नेपाली समाजमा राष्ट्र भावले ओतप्रोत गीत, कथा, कविता लगायतका विधाबाट हरेको मन मुटुमा बस्न सफल छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij