सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

प्रदेश-२ मा कोरोनाबाट २४ घन्टामा आठजनाको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, भदौ ११, २०७७



  • जनकपुर, भदौ ११ । प्रदेश नम्बर-२ मा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट आठजनाको मृत्यु भएको छ भने १२४ जना नयाँ संक्रमित थपिएका छन् ।

    प्रदेशको सामाजिक विकास मन्त्रालयले बिहीबार जारी गरेको तथ्यांकअनुसार सो अवधिमा बारामा पाँच, पर्सामा दुई र धनुषामा एक गरी आठजनाको कोरोनाको कारण मृत्यु भएको हो ।

    प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

    साथै, सोही अवधिमा सप्तरीमा ३२, सिरहामा चार, धनुषामा ३७, महोत्तरीमा छ, सर्लाहीमा तीन, रौतहटमा छ, बारामा १० र पर्सामा २६ गरी १२४ जना नयाँ संक्रमित थपिएका हुन् । अब कुल संक्रमितको संख्या नौ हजार ५५१ पुगेको छ ।

    सोमध्ये बिहीबार ५७ जनासमेत गरी चार हजार ४९६ जना उपचार गराएर घर फर्केका छन् ।

    यसैबीच, यस प्रदेशअन्तर्गत् १९६ क्वारेन्टिनस्थलमा ८१२ जना बसेका छन् भने होम क्वारेन्टिनमा दुई हजार ५५४, आइसोलेसनमा एक हजार १२१ र होम आइसोलेसनमा तीन हजार ८६२ जना बसेका छन् । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij