मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

स्याङ्जामा एम्बुलेन्स दुर्घटनाः दुईको मृत्यु, दुई घाइते

  • प्रकाशित मिति : आइतवार, भदौ १४, २०७७



  • स्याङ्जा । वालिङमा एम्वुलेन्स दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ ।

    वालिङ नगरपालिका–५ माझकोटस्थित वालिङ–चापाकोट कच्ची सडकखण्डमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    विरामी छोडेर काठमाडौबाट फर्केको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स सडकबाट करीब २५० मिटर तल खसेको हो ।

    उपचारको क्रममा चापाकोट–९ का ३२ वर्षीय भानुभक्त गैह्रे र वडा नं १० का २५ वर्षीय श्याम पंगेनीको मृत्यु भएको गह्रौ प्राथमिक अस्पताल वालिङले जनाएको छ ।

    चापाकोट–९ का एम्बुलेन्स चालक ३१ वर्षीय सुरेन्द्र भण्डारी र २८ वर्षीय पवित्रा पोखरेल घाइते भएका छन् ।

    उनीहरुलाई गह्रौ प्राथमिक अस्पताल वालिङको सामान्य उपचार पछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij