सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

पोखरीमा पालेको माछा चोर्न गएका दुई जनाको करेन्ट लागेर मृत्यु

  • प्रकाशित मिति : सोमवार, भदौ १५, २०७७



  • चितवन । चितवनमा माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनको मृत्यु भएको छ ।

    भरतपुर महानगरपालिका–८ मा रहेको सल्यानी टोलमा रहेको पोखरीमा माछा चोर्न गएका युवाको करेन्ट लागेर मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिनुभयो ।

    चुडामणी शर्मासहितका पाँच जनाले संचालन गर्दै आएको पोखरीमा माछा चोर्न गएका स्थानीय नवराज दराई र निरबहादुर रानामगरको करेन्ट लागेर मृत्यु भएको हो ।

    उनीहरूको साथमा माछा मार्न प्रयोग हुने जाली पनि भेटिएको प्रहरीले जनाएको छ । मृतकलाई हातमा विद्युत् तार समेत जोडिएको अवस्थामा भेटिएको बताइएको छ ।

    उनीहरू दुवैको उमेर करिब ३५ वर्ष छ । माछा चोरी हुनेक्रम बढेपछि सञ्चालकले विद्युतीय तार लगाएर रातको समयमा करेन्ट छाड्ने गरेको प्रहरीको दावी छ ।

    घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij