प्रकाशित मिति : आइतवार, भदौ २८, २०७७
काठमाडौं । आइतबार देशभर एक हजार ३९ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ३९ संक्रमित थपिएको जानकारी दिए। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ५४ हजार १५९ पुगेको छ।
हालसम्म ३८ हजार ६९७ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा एक हजार १ सय ७३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ। गत २४ घण्टामा ९ हजार १६५ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ६ हजार ५३६ जना क्वारेन्टिनमा रहेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij