आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सप्तरीमा बलात्कारको मुद्धा मिलाउन खोज्ने तीन पञ्च पक्राउ

  • प्रकाशित मिति : बुधबार, भदौ ३१, २०७७



  • काठमाडौं। सप्तरीको एक गाउँमा पञ्च भेला भएर बलात्कृत १७ वर्षीया किशोरीलाई पैसा दिएर मिलाउन खोजेपछि आत्महत्यापछि प्रहरीले तीन जना पक्राउ गरी दुरूत्साहन मुद्दा अन्र्तगत अनुसन्धान शुरु गरेको छ।

    डाकनेश्वरी नगरपालिका–७ का पञ्चहरू जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई मंगलबार पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीमा प्रमुख एसपी राजेन्द्र धमलाले बताए।

    उनका अनुसार १७ वर्षीया किशोरीलाई बलात्कार गर्ने व्यक्तिलाई जोगाएर पैसा दिएर मिलाउन खोजेको आरोप पक्राउ परेकाहरुलाई लागेको छ। ‘बलात्कृत किशोरीलाई प्रहरीमा उजुरी दिन रोक लगाइएको रहेछ ५५ हजार दिने भनिएको रहेछ हामी अनुसन्धान गर्दैछौ’, एसपी धमलाले भने।

    एसपी धमलाका अनुसार किशोरी घाँस काट्न खेतमा जाँदा सोमबार बिहान बलात्कृत भएकी थिइन्। बलात्कारमा संलग्न चारजना रहेको हाल फरार रहेकाले उनीहरुको पनि खोजी भइरहेको छ।

    जर्वजस्ती करणी गरेको विषयमा गाउँलेहरुले मिलाउन खोज्दा किशोरीले आत्महत्या गरेको देखिन आएकाले जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान गरिहेको र दोषी उपर कारवाही हुने एसपी धमलाले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij