आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गोरखामा जडिबुटी खोज्न जाँदा भीरबाट लडेर मुत्यु

  • प्रकाशित मिति : बुधबार, अशोज ७, २०७७



  • गोरखा । लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर गोरखामा एक युवकको मृत्यु भएको छ ।

    धार्चे गाउँपालिका–२ केरौजाका अन्दाजी ३८ बर्षीय मनिरक्ष गुरुङको ज्यान गएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।

    भदौ ५ गते भीरबाट लडेर मरेको रहेछ,’ उनले भने, ‘मलाई हिजोमात्र जानकारी आयो अनि प्रहरीलाइ खबर गरेँ ।’ अहिले घटनास्थलतर्फ प्रहरी गइरहेको एसपी सुरेन्द्रबहादुर गुरुङले बताए ।

    गाउँपालिका अध्यक्ष गुरुङका अनुसार जडिबुटी खोज्न केही दिनअघि उनीसहितको समूह लेक गएको थियो । ‘यो समयमा सो क्षेत्रका स्थानीय जडिबुटी खोज्न लेक जान्छन्, त्यो ठाउँमा पुग्न गाउँबाट दुई दिन पैदल जानुपर्छ,’ उनले भने । टाढा भएकाले खबर आउन ढिला भएको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij