सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सडक दुर्घटनामा ६ जना घाइते

  • प्रकाशित मिति : शुक्रबार, अशोज ९, २०७७



  • बिनिता शर्मा,दाङ। सडक दुर्घटनामा दाङमा ६ जना घाइते भएका छन्। लमहीबाट घोराहीतर्फ आईरहेको बा ११ च ९५१३ नम्बरको स्करपीओ गाडी घोराही लमही सडकखण्डमा पर्ने कुलमोहर भन्ने स्थानमा सडकबाट चिप्लिएर ३० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ।

    दुर्घटनामा घाइते हुनेहरु सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका ३ निवासी २५ बर्षीय सन्तोष बुढाथोकी,छत्रेश्वरी २ निवासी १५ बर्षीया निर्मला के सी,छत्रेश्वरी २ निवासी २२ बर्षीय खगेन्द्र के सी त्यसैगरी सल्यान जिल्ला बाघचौर नगरपालिका ३ निवासी २२ बर्षीय तुलाराम परियार,बाघचौर २ निवासी २७ बर्षीय बिरेन्द्र के सी र तुल्सीपुर उपमहानगरपालिका ५ निवासी २९ बर्षीय प्रकाश ओली रहेका छन् ।

    यी घाइते मध्ये ५ जनाको प्राथमिक स्वास्थ केन्द्र लमहीमा उपचार भैरहेको छ भने तुलाराम परियारलाई नेपालगंज पठाईएको प्रहरीले जनाएको उनको ढाडमा चोट लागेको बताईएको छ,अरु ५ जनाको अबस्था रहेपनि २४ घण्टा बस्नुपर्ने स्वास्थकेन्द्रले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij