सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

निको भइसकेका ४ डाक्टर दोस्रोपटक कोरोना संक्रमित, दोस्रो संक्रमण पहिलोभन्दा गम्भीर

  • प्रकाशित मिति : शुक्रबार, अशोज ९, २०७७



  • काठमाडौं। कोरोनाभाइरस संक्रमित भएर एकपटक निको भइसकेका बिरामी फेरि दोस्रो पटक संक्रमित भएका घटनाहरु दोहोरिन थालेका छन् । पहिलो पटक आधिकारिक रुपमा दोस्रो संक्रमणको पुष्टि हङकङमा भएको थियो । पछिल्लो पटक मुम्बइका ४ जना डाक्टरहरुमा पनि निको भइसकेपछि दोस्रो संक्रमणको पुष्टि भएको हो । यससम्बन्धि रिपोर्ट मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित गरिएको छ ।

    जर्नलमा प्रकाशित रिपोर्टका आधारमा टाइम्स अफ इण्डियामा प्रकाशित समाचार अनुसार यी चारै जना डाक्टरमा दोस्रो पटकको संक्रमण पहिलो पटकको संक्रमणभन्दा गम्भीर पाइएको छ र चारैजनामा पहिलेभन्दा गम्भीर लक्षण देखिएका छन् । रिपोर्टअनुसार चारजना पुनः संक्रमित बिरामीहरुमध्ये ३ जना बाम्बे म्युनिसिपल कर्पोरेसनले संचालन गर्ने नायर अस्पतालका हुन् भने अर्का एक जना हिन्दूजा अस्पतालका हुन् ।

    यो अध्ययन दुई अस्पतालको साथमा इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजी (आइजीआइबी) र इन्टरनेशनल सेन्टर फर जेनेटिक इन्जिनियरिङ एण्ड बायोटेक्नोलोजी (आइसीजीइबी) दिल्लीले संयुक्त रुपमा गरेका हुन् । अध्ययनमा चारैजनाको जीनोममा ३९ म्युटेशन अर्थात भाइरसले आफ्नो स्वरुप परिवर्तन गरेको पाइएको छ ।

    नायर अस्पतालकी डाक्टर जयन्ती शास्त्री र आइसीजीइबीकी डा. सुजाता सुनिलका अनुसार चारैजना डाक्टरहरु दोस्रो पटक संक्रमित भएका हुन् । उनीहरुका अनुसार चारै जनामा पहिलो पटकको तुलनामा दोस्रो पटक धेरै गम्भीर लक्षण देखिएका छन् र उनहिरुको स्थिति पनि धेरै नाजुक देखिएको थियो । फ्रन्टलाइन हेल्थकेयर वर्करहरु लगातार भाइरसको सम्पर्कमा रहने र उनीहरुलाई संक्रमणको खतरा पनि बढी हुने जोखिम हुन्छ ।

    डा. सुनिलका अनुसार आरटी पीसीआर परीक्षणबाट दोस्रो पटकको संक्रमण पुष्टि गर्न सकिँदैन । भाइरल आइसोलेट्सको पूरै जीनोम सिक्वेन्सिङपछि मात्रै दोस्रो पटकको संक्रमण पत्तँ लगाउन सकिन्छ । कोभिड १९ को संक्रमण पहिलो पटक बिना लक्षण वा कम लक्षणसहितको हुन्छ तर दोस्रो पटक स्थिति धेरै गम्भीर हुन्छ । यी डाक्टरहरुलाई पनि गम्भीर स्थितिकै कारण दोस्रो पटक अस्पतालमा भर्ना गरिएको थियो ।

    यद्यपि दोस्रो पटक संक्रमित भएका डाक्टरहरुलाई ‘लोअर रेस्पिरेटरी ट्रेक्ट’मा साससम्बन्धी समस्या भने भएन । शोधकर्ताहरुले उनीहरुको उमेर कम भएका कारण पनि यस्तो भएको हुन सक्ने अनुमान गरेका छन् । यसै महिनाको सुरुवातमा हङकङमा पहिलो पटक दोस्रो संक्रमणको पुष्टि भएको थियो । त्यसपछि अन्यत्र पनि रि–इन्फेक्सनका घटनाहरु देखिन थालेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij