सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

चितवन राष्ट्रिय निकुञ्जद्वारा नरभक्षी बाघ नियन्त्रणमा

  • प्रकाशित मिति : आइतवार, अशोज ११, २०७७



  • चितवन । चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ। भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो।वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जगदीश चौधरीलाई शनिबार बिहान बाघले आक्रमण गरेर शवलाई समेत नछाडेपछि बाघ नियन्त्रणमा लिइएको हो।निकुञ्जका सूचना अधिकारी अशोक रामले आक्रमण गर्ने अन्दाजी १० वर्षको भाले बाघलाई पाँच घण्टाको प्रयासपछि साँझ नियन्त्रणमा लिइएको बताए।

    उनका अनुसार निकुञ्जका हात्ती, कर्मचारी, सेना तथा प्रहरीको प्रयासमा बाघलाई नियन्त्रणमा लिइएको हो ।औषधियुक्त सुई प्रहार गरी लठ्याइने प्रविधि डार्टमार्फत बाघलाई बेहोस बनानएर मुख्य कार्यालय कसरामा लगिएको उनले जानकारी दिए। कसराको खोरमा बाघलाई राखिएको छ। सोही बाघले केही महिनाअघि त्यसै क्षेत्रका अर्का एक व्यक्तिलाई पनि आक्रमण गरेको थियो। थप मानवीय क्षति रोक्नका लागि बाघ नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij