प्रकाशित मिति : शुक्रबार, अशोज १६, २०७७
कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत अर्थोपेडिक सर्जन डा हरि सापकोटाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा आज मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा रविन खड्काले जानकारी दिए।
दुई साताअघि कोरोना सङ्क्रमण पुष्टि भएका ५८ वर्षीय डा सापकोटलाई प्रदेश अस्पतालमा श्वास फेर्न गाह्रो भएपछि थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा पु¥याइएको थियो । उनि प्रदेश अस्पतालमा लामो समयदेखि कन्सल्ट्यान्ट प्रमुखका काम गर्दै आएका थिए । नेपालका कोरोनाबाट चिकित्सकको मृत्यु भएको पहिलो घटना भएको बताइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij