आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यौन दुर्व्यवहारको आरोपमा वडाध्यक्ष पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, अशोज २०, २०७७



  • ओखलढुङ्गा । यौन दुर्व्यवहारको आरोपमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राई पक्राउ परेका छन् । स्थानीय एक महिलालाई यौन दुव्र्यवहार गरेको उजूरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    मादकपदार्थ सेवन गरेर आफूलाई घरैमा आएर यौन दुर्व्यवहार गरेको भन्दै महिलाले दिएको लिखित उजूरीका आधारमा वडाध्यक्ष राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रुपेश खड्काले बताए । “करणीको जाहेरी आएपछि हामीले वडाध्यक्ष राईलाई नियन्त्रणमा लिएका छौँ”, उनले भने, “अदालतमा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी भइरहेको छ ।” घटना अनुसन्धानमै रहेकाले थप बताउन नमिल्ने प्रहरीको भनाइ छ ।

    अध्यक्ष राईले चार दिन अघि मादक पदार्थ सेवन गरेर महिलाकै घरैमा गई यौन दुर्व्यवहार गरेको पीडित महिलाको आरोप छ । घटना स्थानीयस्तरमा मिलाउने प्रयास गरिए पनि पीडित महिला प्रहरीमा पुगेपछि वडाध्यक्ष पक्राउ परेका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij