सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बाँकेमा कोरोनाबाट वृद्धको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, अशोज २३, २०७७



  • नेपालगञ्ज, । बाँकेमा थप एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १ का ८५ वर्षीया वृद्ध रहेकी कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

    ती वृद्धलाई स्वास्थ्यमा समस्या भएपछि यही असोज २१ गते भेरी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था जटिल बनिसकेकाले उनीलाई बचाउन नसकिएको स्रोत व्यक्ति श्रेष्ठले बताए ।

    जिल्लामा यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २३ जना पुगेको छ । यसैबीच, जिल्लामा आज थप २४ जना सङ्क्रमित निको भइ घर फर्किएका छन् । जिल्लाका विभिन्न आइसोलेशनमा रहेका ६ महिला १८ पुरुष निको भइ घर फर्किएका हुन् । योसँगै बाँकेमा सङ्क्रमण निको हुनेको सङ्ख्या एक हजार ७६२ जना पुगेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij