सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

  • प्रकाशित मिति : आइतवार, अशोज २५, २०७७



  • सुदूरपश्चिम । कोरोना सङ्क्रणबाट सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत् एक पुरुषको आज मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–३ का ५२ वर्षीय पुरुष रहेका अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार ती पुरुषको यही असोज २० गते कोरोनो पुष्टि भएको थियो । अस्पतालमा अहिलेसम्म छ जना सङ्क्रमितकोे उपचारका क्रममा मृत्यु भइसकेको छ । यसैगरी प्रदेशभर मृत्यु हुनेको सङ्ख्या १९ जना पुगिसकेको छ । सो अस्पतालमा २३ जना आइसोलेशनमा र दुई जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

    असोज महिना लागेसँगै प्रदेशमा सङ्क्रमित हुने र मृत्यु हुने दरमा केही वृद्धि भएको छ । तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दै जाँदा कोरोनाको जोखिम पनि बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

    चाड पर्व नजिकिँदै जाँदा पछिल्ला दिनमा बजार क्षेत्रमा किनमेल गर्न आउने सर्वसाधारणको भीड बढ्ने गरेको छ । सङ्क्रमणबाट हालसम्म प्रदेशको कैलाली जिल्लाका १० जना, अछाम, बझाङ र बाजुराका दुई÷दुई जना र कञ्चनपर, डडेलधुरा र बैतडीका एक÷एक जनाको मृत्यु भएको छ ।

    पछिल्ला दिनमा प्रहरी, विभिन्न कार्यालय र बैंकका कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मीलगायतमा पनि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij