सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

नवरात्रीमा बिर्सिएर पनि नगर्नुहोस् यी ८ काम

  • प्रकाशित मिति : सोमवार, कार्तिक ३, २०७७



  • यस वर्षको नवरात्री गत शनिबारबाट सुरु भइसकेको छ । यतिबेला माता दुर्गाको ९ रुपको उपासनाले सुख–समृद्धिको इच्छा पूरा हुन्छ । नवरात्रिमा देवीको ९ दिनको ब्रतको ठूलो महत्व छ । यो ९ दिनमा हरेकले केही विशेष नियमको पालना गर्नुपर्छ । आउनुहोस्, नवरात्रमा के कस्ता कुराबाट बच्नुपर्छ, यसबारे जानकारी लिऔं ।

    १. नवरात्रिका बेला हल्का र सात्विक भोजन गर्नुपर्छ । नवरात्रका बेला आफ्नो खानामा प्याज, लसुन र माछा–माछु समावेश नगर्नुहोस् ।

    २. नवरात्रिको ब्रत राख्दा खानामा सिरे नुनको प्रयोग गर्नुपर्छ ।

    ३. ९ दिनको ब्रत राख्दा कालो रङको कपडा लगाउन वर्जित छ । यतिबेला सिलाई कटाईको काम गर्न पनि मनाहि छ जसमा तिखो वस्तुको प्रयोग हुन्छ ।

    ४. सम्भव छ भने नवरात्रका बेला ब्रत राख्दा मानिसहरुले बेल्ट, पर्स, चप्पल–जुत्ता, ब्यागजस्ता छालाका वस्तुको प्रयोग गर्नु हुँदैन । मन्दिर प्रवेश गर्दा पनि पहिला यी सबै कुरा बाहिर राखेर जानुपर्छ ।

    ५. यदि तपाईं नवरात्रिमा कलश स्थापना गरिरहनुभएको छ, अखण्ड बत्ति बालिरहनुभएको छ भने यतिबेला घर खाली नछोड्नुहोस् । पूजा कोठालाई फोहोर नपार्नुहोस् । बत्ती नबाली कहिले पनि कुनै पनि शक्तिको पूजा हुन सक्दैन ।

    ६. नवरात्रका बेला मांसाहार, मदिराजन्य वस्तुबाट टाढा रहनुपर्छ । ब्रतमा शारीरिक र मानसिक दुबै प्रकारको संयम आवश्यकता छ ।

    ७. विष्णु पुराणका अनुसार नवरात्रिको समयमा दिउँसो सुत्नबाट बच्नुपर्छ । मनमा कपट राख्न वा कुनै पनि अपशब्द भन्नबाट पनि जोगिनुपर्छ ।

    ८.नवरात्रिका बेला नङ काट्न पनि मनाहि छ त्यसैले नवरात्र सुरु हुनु अघि नै नङ काट्नुपर्छ । नवरात्रिमा ९ दिन ब्रत राख्नेहरुले दाह्री–जुङ्गा र कपाल काट्नुहुँदैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij