सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

तेस्रो व्यक्तिसँग पनि प्रेमसम्बन्ध रहेको शंकामा भारतीय युवाद्वारा नेपाली प्रेमिकाको हत्या

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १४, २०७७



  • काठमाडौं। आफूबाहेक अर्को एक युवकसँग पनि प्रेम सम्बन्ध रहेको भन्दै एक भारतीय युवाले नेपाली युवतीको हत्या गरेका छन् । कुवेतको राजधानी कुवेत सिटीमा ती भारतीयमाथि ईर्ष्यावश प्रेमिकाको हत्या गरेको अभियोगमा मुद्दा चलाइएको अल अन्बा दैनिकको रिपोर्ट उद्धृत गर्दै अरब टाइम्स अनलाइनले लेखेको छ ।

    क्रिमिनल इभिडेन्सेज डिपार्टमेन्टका एक अधिकारीलाई उदृत गर्दै प्रकाशित समाचारमा ती युवाले आफ्नी प्रेमिकाको अर्कैसँग सम्बन्ध रहेको आशंका गरेको र यही विषयमा झगडा भएपछि उनले प्रेमिकाको अनुहारमा सिरानीले थिचेर हत्या गरेका थिए । भवनका सुरक्षा गार्डले दिएको सूचनाका आधारमा पुलिस र मेडिकल टिम घटनास्थल पुग्दा प्रथम दृष्टिमा युवतीको मृत्यु सामान्य देखिएको थियो किनकि उनको शरीरमा कुनै चोटपटक थिएन ।

    एक छिमेकीले आफूले त्यो अपार्टमेन्टमा झगडा भएको आवाज सुनेको बताएका थिए । केही समयपछि एक व्यक्तिलाई बिल्डिङको कम्पाउण्डभित्र चुरोट पिउँदै गरेको देखिएपछि ती शंकास्पद व्यक्तिलाई हिरासतमा लिइएको छ । पुलिसले उनको हातमा केही चिथोरिएका चोटहरु पाएको थियो । यी चोटहरु हत्या गर्ने क्रममा पीडितले प्रतिरोध गर्दा लागेको अनुमान गरिएको थियो ।

    पुलिसको सोधपुछको क्रममा ती व्यक्तिले आफूले हत्या गरेको स्वीकार गरेका छन् । उनलाई अदालतमा पेश गरेर अनुसन्धानको लागि थप समय लिइएको छ र उनीविरुद्ध नियोजित हत्याको अभियोग लगाइएको छ । मृतक नेपाली लमजुङकी जमुना विक भएको बताइएको छ । उनी केही समयअघि भारतको अवैध बाटो हुँदै कुवेत पुगेको बुझिएको छ । हत्या गर्ने भारतीयको पहिचान खुलाइएको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij