सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

ज्वारे पूर्णिमामा धामी नाच हुँदै

  • प्रकाशित मिति : शनिबार, कार्तिक १५, २०७७



  • सिमकोट । कोजाग्रत पूर्णिमा अर्थात कात्तिक पूर्णिमाको अवसरमा हुम्लाका विभिन्न गाउँपालिकामा रहेका अधिकांश गाउँमा धामी नाचेर पूर्णिमा पर्व मनाइदैंछ । कोजाग्रत पूर्णिमाको दिन आज बिहानैदेखि विभिन्न देवताको माडु (मन्दिर) मा देवताका धामी र भत्तालुको भिड लागेका छन् । मौला, नाच्नेडाँडा, लामाथाणा पालिकाभरका देवताका धामी जम्मा भएर नाच्ने चलन छ ।

    हुम्लाको अदानचुली गाउँपालिका, ताँजकोट, सर्केघाड, सिमकोट र खार्पुनाथ गाउँपालिकालगायत विभिन्न गाउँमा आज बिहानैदेखि ठूलो मेला लागेको छ । परम्परागत मान्यताअनुसार बिहानैदेखि मदाना देव र कालसिल्तो देवाताका मन्दिरमा ठूलो पुजाआजा र जात्रा लागेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए ।

    उनका अनुसार हुम्ला, मुगु र बाजुरा जिल्लाका तीर्थालु आएर अदानचुलीमा ठूलो मेला लाग्ने भएपनि यसपटक कोरोना सङ्क्रमणका कारण बाहिरबाट आउनेलाई बन्द गरिएकाले तीर्थालुको सङ्ख्या केही कम रहेको छ ।

    यस्तै जिल्लाको खार्पुनाथ गाउँपालिकाको राया, लेख र सिमकोट गाउँपालिकाको याङ्गगु गाउँमा लाग्ने ज्वारेपूर्णिमा हेर्न सदरमुकाम सिमकोटबाट भक्तालु त्यसतर्फ लागेका छन् । यी गाउँहरुमा पनि विभिन्न देवताका धाम लाग्नुका साथै धुमधामका साथ धामी नचाउने गरिन्छ । आज र भोलि सञ्चालन हुने पूर्णिमा पर्व हेर्न भक्तालु जाने गर्दछन् ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij