सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सराय नाचबिना दशैँ बिदाइ

  • प्रकाशित मिति : आइतवार, कार्तिक १६, २०७७



  • पाल्पा । यसपालिको दशैँ पूर्णिमा सराय नाच बिना बिदाइ भएको छ । आश्विन पूर्णिमाका दिन आज यहाँका देवी देवताका मन्दिरमा सराय नाच निकालेर दशैँलाई एक वर्षका लागि बिदाइ गर्ने प्रचलन थियो ।

    यसपाला पाल्पाका अधिकाश देवी देवताको मन्दिरमा त्यस्तो नाच देखिएन । दशैँको टीका, जमरा बिर्सजन गर्ने पर्वका रुपमा पूर्णिमालाई लिने चलन छ । यस वर्षको दशैँ उत्साहबिना नै बिदा भएको पाल्पा रैनादेवी छहरा गाउँपालिका–५, मुझुङस्थित कालिका मन्दिरका पूजारी जङगबहादुर आलेले बताए ।

    पहिला मन्दिरबाट बाजासहित रमाइलो गरी सराय निकाली, काटौजेपानीमा तरबार नचाउने र दशैँलाई प्रयास गर्ने चलन कोरोनाका कारण सङ्कटमा परेको छ । “पाल्पा आसपासका क्षेत्रमा शनिबार देवालयमा पूजा गरेर मात्र दशैँ बिदा गर्न बाध्य भएका छौँ । दमाई बाजा बजाउने मानिस यसपालि मन्दिरमा आएनन् र बाजा बजेको छैन”, मन्दिरका पुजारी आले भने । पूजारीले मन्दिरको ढोका खोलेर पूजा बाहेक अन्य पूजा हुन सकेको छैन ।

    जिल्लाको रिब्दीकोट गाउँपालिका–१, ख्याहको छत्रकोटमा २०,२२ जना स्थानीयबासिन्दाले मात्र सराय निकाल्ने तयारी भएको स्थानीय बासिन्दा गीता कौशलले बताइन् । पहिला सयौंको सङ्ख्यामा सराय नाच हुँदै आएकोमा अहिले परम्परा धान काम मात्र भएको कौशलको दाबी छ ।

    पाल्पाको अधिकांश स्थानमा हुने पूर्णिमा साँस्कृतिक मेला महोत्सव प्रभावित भएका छन् । जिल्लाको तानसेनको लिपन्देवि, बौँघागुम्बा, रिब्दीकोट गाउँपालिका बतासे, ख्याहा, तिनाउँ गाउँपालिका क्षेत्रभित्र सराय निकाल्ने परम्परा रहे पनि यो वर्ष सराय कहीँकतै पनि देखिएन ।

    दशैँको अवसरमा हुने धार्मिक तथा सांस्कृतिक मेला महोत्सव हुन नसक्दा आर्थिक कारोबार शून्य जस्तो भएको छ । दशैँ पूर्णिमा स्थानीय उत्पादन कपडा, महिलाका सिगारिक, खेलौनाको ठूलो मात्रामा कारोबार हुँदै आएको तर यसवर्ष त्यस्तो कारोबार हुन नसकेको व्यवसायीको भनाइ छ ।

    स्थानीय आदर्श यूवा क्लबका अध्यक्ष पोषण रानाका अनुसार दशैँको अवसरमा हुने सांस्कृतिक कार्यक्रम कतै पनि हुन नसकेको हो । कोरोनाका कारण भीड हुने गरी मठमन्दिरमा भेला हुन रोक लगाएपछि चाडपर्व सुनसान बनेका हुन् । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij