सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

लाङ्टाङ पदमार्गका पर्यटकीय होटल बन्द

  • प्रकाशित मिति : बुधबार, कार्तिक १९, २०७७



  • रसुवा । कोभिड– १९ को संक्रमण बढ्न थालेपछि लाङ्टाङ पदमार्गका होटल आजदेखि बन्द गरिएको छ । लकडाउन खुलाभएपछि स्वास्थ्यको मापदण्ड पालना गरी पुनःसञ्चालन गरिएका रिम्चेदेखि क्याङ्जेनसम्मका सयाँै पर्यटकीय होटल तथा लज बन्द भएको हो ।

    चिसोयाम बढेसंँगै पर्यटकको ओहरदोहरले लाङ्टाङ क्षेत्रमा कोरोना संक्रमण बढ्न सक्ने आशंकाले केही महिनाका लागि होटल तथा लज बन्द भएको वडाध्यक्ष सुप्पा लामाले जानकारी दिए । रोग नियन्त्रणका लागि पदमार्गमा सञ्चालित होटल व्यवस्थापन समितिको निर्णयबाट रिम्चे, लामाहोटल, घोडातबेला, लाङ्टाङ, मुण्डु एवं क्याङ्जेनसम्मका सबै होटल तथा लज बन्द गरिएको वडा कार्यालयले जनाएको छ ।

    दैनिक रूपमा ४० भन्दा बढी नेपाली र तीनचार विदेशी पर्यटक लाङ्टाङ घुम्न आउने गरेको वडाध्यक्ष तामाङले बताए । घुम्न आउने विदेशी पर्यटक भने नेपालमै बस्दै आएका छन् ।

    जनस्वास्थ्य कार्यालय रसुवाका अधिकृत किरण श्रेष्ठका अनुसार स्वाब परीक्षणबाट पछिल्लो चरणमा धुञ्चे क्षेत्रमा कार्यरत सात राष्ट्रसेवकलाई कोरोना पोजेटिभ देखिएको छ । संक्रमित सबै उपचारार्थ आइसोलेशनमा छन् । जिल्लामा कोरोना रोगबाट प्रभावित ४५ जनाको उपचार भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

    जिप्रकाका सेवा बन्द

    यसै गरी कोरोनाको संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने सुरक्षा एवं विपद् व्यवस्थापन र आपत्कालीनबाहेक अन्य सबै सेवा अर्को सूचना जारी नभएसम्म आजदेखि बन्द गरिएको छ ।
    नेपाली नागरिकता, नाबालक परिचयपत्र, संघसंस्था दर्ता तथा नवीकरण, राष्ट्रिय परिचयपत्र वितरण जस्ता सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij