सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

डाेटी जिल्लामा कर्मचारीमा कोरोना, गाउँपालिकाको सेवा बन्द

  • प्रकाशित मिति : बुधबार, कार्तिक १९, २०७७



  • डाेटी । जिल्लाको केआइसिंह गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ । गाउँपालिकाका कम्प्युटर अपरेटर र वडा सचिवमा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएपछि एक हप्ताका लागि सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले आजबाट लागू हुने गरी एक हप्ताका लागि पालिकाबाट दिइँदै आएको सेवा बन्द गर्ने निर्णय गरेपछि सेवाग्राहीलाई समस्या भएको छ।

    नागरिकता प्रमाणपत्रका लागि दिइने सिफारिस, जन्मदर्तादेखि अन्य सेवा लिने सेवाग्राहीलाई निकै समस्या भएको स्थानीयवासी पदमबहादुर कार्कीले बताए। उनले भने, “कर्मचारीमा कोरोना सङ्क्रमण भएको भन्दै गाउँपालिकाले सम्पूर्ण सेवा बन्द गरेको छ, सेवाग्राहीलाई समस्या भएको छ ।” गाउँपालिकाले एक सूचना सार्वजनिक गर्दै आज सबै कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन हुने र त्यसको रिपोर्ट नआएसम्म सेवा बन्द हुने जनाएको छ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij