सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

जीप दुर्घटना १ जनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, कार्तिक २३, २०७७



  • बैतडी ।जीप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–२ कफलकोटका ३३ वर्षीय वीरबहादुर कुँवर रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

    दोगडाकेदार–३ सिल्लेगडाबाट कफलकोटतर्फ गइरहेको ग१ज ५१९२ नम्बरको बोलेरो जीप शनिबार राति ८ बजेतिर हुलाक भन्ने स्थानमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी दोगडाकेदार–३ श्रीकोटका जीपचालक २३ वर्षीय दीपक चन्द घाइते भएका छन् । उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।

    जीपमा दुई जना मात्रै सवार रहेको बताइएको छ । जीप सडकबाट ४० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij