सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

फिल्म बनाउन पैसा जुटाउन ३ वर्षसम्म दैनिक ८ देखि १० वटा बाख्रा चोर्ने दाजुभाइ पक्राउ

  • प्रकाशित मिति : शनिबार, कार्तिक २९, २०७७



  • काठमाडौं। पिताले फिल्म बनाउँदै थिए । फिल्ममा उनले आफ्नै २ छोराहरुलाई मुख्य भूमिकामा अभिनय गराइरहेका थिए । तर, फिल्म बनाउँदै गर्दा पैसा सकिएपछि सुटिङ रोकियो । फिल्मको सुटिङ रोकिएपछि बाँकी फिल्म बनाउनको लागि आवश्यक पैसा फिल्म निर्माताको छोराहरु दाजुभाइ मिलेर बाख्रा चोरेर बेच्न थाले । उनीहरुले बाख्रा बेचेर आएको पैसा जम्मा गरेर फिल्म बनाउन लगानी गर्ने सोच बनाएका थिए । तर, गत शनिबार उनीहरु पक्राउ परेका छन् ।

    टाइम्स अफ इण्डियाको रिपोर्टअनुसार ३० वर्षका भी निरन्जन कुमार र उनका दाजु ३२ वर्षका लेनिन कुमारले तमिलनाडुको वाशरमेनपेट क्षेत्रमा विगत ३ वर्षदेखि बाख्रा चोरिरहेका थिए । उनीहरुको बाख्रा चोर्ने क्रम त्यतिबेला रोकियो जब गएको शनिबार मधावरम थानाको पुलिसले उनीहरुलाई पक्राउ गर्यो । यी दाजुभाइले दैनिक ८ देखि १० वटा बाख्रा चोरी गर्थे । ती बाख्रालाई उनीहरुले एउटाको करिब ८ हजारमा बेच्थे । यो पैसा उनीहरुले फिल्म बनाउनको लागि जुटाइरहेका थिए ।

    यी दाजुभाइले बाख्राको बथानबाट एउटा वा २ वटा मात्र बाख्रा चोर्ने गर्थे । सुरुमा यी दाजुभाइले यसरी एउटा वा २ वटा बाख्रा चोर्दा कसैले उजुरी नगरेपछि उनीहरुले चोरी नियमित रुपमा गर्न थालेका थिए । बाख्रा चोरी गर्न उनीहरु कार लिएर बाख्रा चर्ने मैदान क्षेत्रमा जान्थे । बाख्राहरु चरिरहेको ठाउँमा नजिक मान्छे नभएको मौका पारेर उनीहरु बाख्रा समातेर गाडीमा हाल्थे र गाडी लिएर भाग्थे । उनीहरु यसरी बाख्रा चोर्न टाढा टाढासम्म बाख्रा चर्ने क्षेत्रमा घुमिरहन्थे ।

    उनीहरुले गएको अक्टोबर ९ मा मधावरम क्षेत्रका पलानी नामका व्यक्तिको एउटा बाख्रा चोरे । तर, पलानीसँग ६ वटा मात्र बाख्रा थिए । पलानीले अरुले जस्तो बाख्रा हरायो भनेर चित्त बुझाउन सकेनन् । उनी पुलिसमा उजुरी गर्न गए । पलानीको उजुरीपछि बाख्रा हराएको क्षेत्रको सीसीटिभी जाँचमा पुलिसले बाख्रा चोरी भएको देख्यो तर कारको नम्बर प्रस्ट बुझिएन । अनुसन्धानको क्रममा पुलिसले त्यस क्षेत्रमा अरुको पनि एउटा वा २ वटा बाख्रा हराएको तर उनहिरुले उजुरी नगरेको थाहा पायो ।

    चोरले नियमित रुपमै चोरी गर्ने गरेको पत्ता लागेको तर चोरको पहिचान गर्न नसकिएपछि त्यस क्षेत्रमा सादा पोसाकमा पुलिस परिचालन गरियो । गएको शनिबार ती पुलिसले बाख्रा चोरी गर्दै गर्दा ती दाजुभाइलाई पक्राउ गरे । पुलिसका अनुसार यी दाजुभाइका पिता विजय शंकरले ‘नी थान राजा’ नामको फिल्म बनाउँदै थिए र फिल्मको मुख्य भूमिकामा यी दाजुभाइ थिए । फिल्म बनाउने पैसा सकिएपछि यी दाजुभाइले फिल्म बनाउन पैसा जुटाउन बाख्रा चोरी गर्न थालेका थिए ।

    254
    Shares
    facebook sharing button Share

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij