सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

हाम्रो संस्कृतिमा ककुरहरु !

  • प्रकाशित मिति : शनिबार, कार्तिक २९, २०७७



  • गाउँबस्तीमा भुस्याहा कुकुरहरु पहिले पनि थिएनन् । जति थिए घरपाला नै थिए । सबै घरपाला पनि पूर्ण घरपाला थिएनन् । आंशिक थिए । घरमा परिवार कति छन् तीमध्ये प्रौढजतिले आफु खाना खाएर चुठ्न निस्कँदा एक गाँस ढिँडो दिन्थे । कुकुरले बाहिरतिर जे भेटिन्छ खाएर पेट भर्थ्यो । अरु केही नपाए मानिसले बाटोको छेउछाउ हगेका दिसा खाएर गुजारा गर्थ्यो । यस्तो दयनीय गुजारा हुँदा पनि घरपाला कुकुरहरु आफुलाई गाँसबास दिने घरको पहरा दिन्थ्थे । अपरिचित आउँदा भुक्थे । अटेर गरे टोक्थे । कुकुर पालेका घरमा चोरको डर हुन्थेन । उता बारी कुँडारमा बाँदर आयो भने फाल छोडेर भुक्दै जाइलाग्थे । धपाउँथे । रातभरि घरको दलानमा बसेर भुक्थे. । चितुवा आयो भने खाटमुनि लुक्दै भुक्थे । घरभित्र, धनसारभित्र सुरक्षित बास पाएकोछ भने त्यतैबाट भुक्थे । गाउँमा गरीव घरहरुले आफ्ना आसे गाँसे कुकुरलाई राति घरभित्रैे सुरक्षित सुत्न दिन्थे । ठुलाघरेहरु धनसारभित्र ठाउँ दिन्थे । कतिका धनसार थिएनन् । घरभित्र राख्ने रुचि पनि थिएन । तिनीहरु कुकुरलाई राति घरबाहिरै छोडिदिन्थे । भोटे कुकुर, दोरङ्गे कुकुर घाँटीमा फलामका जन्जीर बाँधेर छोडिएका कुकुर छन् भने राति बाघसित पनि लाप्पा खेल्थे । कुस्ती सुनेर निद्रा खुलेका आँटी घरपतिहरुले ढोका खोलेर चिच्याएपछि बाघ भाग्थ्यो । घरका कलिला बाच्छापाडा पनि जोगिन्थे. । गाउँमा एउटा कथा पनि थपिन्थ्यो । अन्यथा घर बाहिर छोडिएका साधारण कुकुरहरु चितुवाको सुलभ सिकार बन्थे । चितुवाले समातेपछि  क्याङ्ल्याङ् गर्नुभन्दा बढी विरोध सर्वसाधारण कुकुरको  क्षमतामा थिएन । विना विरोध ज्यान दिन्थे गाउँबस्तीका कुकुरहरु । गाउँबस्तीका जानिफकारहरुमै पनि आफुलाई पहरा दिने कुकुरलाई गाँसबासको पर्याप्त सुविधा दिने सोचसमझको लगभग अभाव नै थियो  ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij