आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भाइटीकामा किन दिइन्छ भाइमसला ? यस्तो महत्व

  • प्रकाशित मिति : आइतवार, कार्तिक ३०, २०७७



  • काठमाडौं । भाइटीकामा दाजुभाइलाई उपहारका रुपमा काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखनलगायतका परिकारलाई भाइमसला भनिन्छ ।

    तिहारमा विशेषगरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि यस्तो किसिमका खाध्य मसाला दिने चलन छ जो स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छ । यस्ता मसलाले शारीरिक विकासका साथै रोगसित लड्नसक्ने क्षमता समेत वृद्धि गर्ने साथै कोलेस्ट्रोल समेत नियन्त्रण गर्ने गर्दछ ।

    ओखर
    वढी मात्रामा प्रयोग गरिने मसाला भित्र ओखर पर्दछ । जसमा एन्टी अक्सिडेन्ट नामक तत्व हुन्छ जसले कपाल तथा छालासम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै बढ्दो उमेरमा हुने चाउरीपनाबाट छुटकारा पाउन मद्धत मिल्दछ । यसमा पाइने फाइबरले पाचनक्रियालाई बलियो बनाउँछ । साथै यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मृर्गौलामा पत्थरी हुनबाट जोगाउँछ ।

    किसमिस

    मसालमा किसमिस दिने प्रचलन छ । अंगुरलाई सुकाएर बनाइने किसमिस मानव स्वास्थ्यको लागि धेरै नै फाइदाजनक मानिन्छ । किसमिसलाई आइरनको राम्रो स्रोत मानिन्छ । यो रक्तअल्पता एवं कब्जियत हटाउन सहयोगी हुन्छ । किसमिसमा रहेको आइरन, पोटासियम, क्याल्सियम, म्याग्नेसियम तथा अधिक मात्रामा फाबर हुने गर्दछ । किसमिसमा पाइने यी तत्वले मुटुरोगीका लागि निकै उपयोयी मानिन्छ । त्यस्तै कोलस्टोर घटाउन छालामा चमक ल्याउन पनि निकै राम्रो मानिन्छ । त्यसमा पनि कुनै पनि रोगको उपचार पछि रिकभरी पिरियडमा किसमिसको सेवन लाभदायी हुन्छ ।

    काजु

    काजु पनि मसलाको मूख्य मिठाई अन्तरगर्त पर्दछ । यसले मुटुलाई स्वस्थ र बलियो राख्छ । काजुको सेवनले शरीरमा इन्सुलिनको मात्रा बढाउँछ जसले गर्दा डायबेटिज नियन्त्रित अवस्थामा रहन्छ । काजुमा पाइने कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदिले हड्डी, दाँत आदिलाइ बलियो बनाउन मद्धत गर्दछ ।

    बदाम
    भाई मसलामा बदाम पनि पर्दछ जसले रक्तकोष तथा हेमोग्लोबिनको विकासमा सहयोग पुर्याउँछ । साथै मधुमेह र मुटुको रोगको उपचारमा समेत मद्धत गर्छ । बदामको यस्तो पोषक तत्व पाइन्छ, जसले स्मरण शक्ति बढाउन र मष्तिष्कको विकासको लागि फाइदाजनक हुन्छ ।

    पेस्ता
    यो पनि भाइ मसलाको प्रमुख मसला भित्र पर्दछ । यसले शरीरलाई लागि निकै फाइदाजनक हुन्छ । पेस्तामा भिटामिन ई पाइन्छ । यसले छालालाई युभी ड्यामेजबाट सुरक्षा प्रदान गर्नुका साथै छालाको क्यान्सर तथा उमेरअघि नै देखिने चाउरीपनमा राहत दिन्छ ।

    नरिवल
    भाइमसलामा दिदी बहीनीले नरिबलको पनि प्रयोग गर्ने गर्दछन् । यसले ढिलो गरी पाचन हुने, मूत्राशय शोधक, ग्राही, पुष्टिकारक, बलवर्धक, रक्तविकार नाशक, दाह शामक र वातपित्त नाशकको रुपमा नरिबललाई लिइन्छ ।

    त्यस्तै नरिवलमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ सँगै प्रोटिन, क्याल्सियम र फलाम पाइन्छ । यसका साथै भाइ मसलामा विभिन्न थरीका मिठाईहरु, सुपारी, हाडे लगायत अन्य मिठाइहरु पनि समावेश गर्ने गरिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij