आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भाइ मसला : पोषणको प्याकेज

  • प्रकाशित मिति : सोमवार, मंसिर १, २०७७



  • आफ्ना माइतीको दीर्घायुको कामना गर्दै चेलीहरुले भाइटीका लगाइदिन्छन् । चेली र माइतीको सम्बन्धलाई थप प्रगाढ बनाउने यस क्षणका चेलीले माइतीलाई सायपत्री र मखमली फूलको माला लगाइदिने, ढाका टोपी लगाइदिइने, सप्तरंगी टीका लगाइदिने गर्छन् ।

    यसैगरी मिठाइजन्य परिकारसँगै कोसेलीको रुपम ल्वाङ, सुकुमेल, ओखर, बदाम, नरिवल, काजु, किसिमिस आदि दिने गर्छन् । यी परिकार आफैमा पोषणले भरिपूर्ण हुन्छन्, स्वादिलो त छँदैछ । समग्रमा यी ड्राइ फ्रुट्सलाई भाइ मसला भन्ने गरिन्छ ।

    भाइमसलाको फाइदा

    भाइ मसलाको रुपमा समेटिने ओखर, नरिवल, बदाम, सुपारी काजु आदि पोषणको खजना हो । खासगरी जाडो याममा शरीरलाई आवश्यक पोषणको आपूर्ति गर्न यही खानेकुरा उपयोगी हुन्छ । यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

    भाइ मसलाको रुपमा समेटिने ओखर आफैमा एन्टि अक्सिडेन्टको स्रोत हो । सले शरीरलाई संक्रमणबाट जोगाउनुका साथै कयौ विमारीहरुबाट शरीरलाई बचाउँछ ।

    ओखरमा ओमेगा ३ फैटी एसिड तथा एन्टीअक्सीडेन्ट तत्व हुने भएकोले यसले शरीरको रक्तसञ्चारलाई मजबुत बनाउँछ । साथै, दिमागलाई तेजिलो बनाउन मद्दत गर्छ । यसको दैनिक सेवनले जाडोमा ब्रेन स्ट्रोक हुनबाट शरीरलाई जागाउँछ ।

    प्रोपटिनयुक्त बदाममा अनेकौ गणु पाइन्छ । यसमा फ्याटी एसिड हुनुका साथै प्रशस्त मात्रामा फाइबर पाइन्छ । बदामले मुटु स्वस्थ्य राख्न मद्दत गर्नुका साथै यसलाई कपालमा तेलको रुपमा तथा अनुहारमा फेस मास्कको रुपमा समेत लगाउन सकिन्छ ।

    खाली पेटमा दैनिक ४ वटा बदामको सेवनले मुटु रोगको आंशका कम गर्छ । साथै, दैनिक रुपमा बदामको सेवनले शरीरको कोलेस्ट्रोल कम गर्नुका साथै मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

    काजुमा एन्टी एजिङ्ग तत्व, भिटामिन बी लगायतका विभिन्न पोषण तत्व रहेको हुन्छ । जाडो मौसममा दैनिक काजुको सेवन गर्ना अनुहारलाई चाउरी पर्न दिदैन । साथै, अनुहारको छालालाएई ताजा राख्छ । त्यसैले त काजुको लेप बनाएर अनुहारमा समेत लगाउने गरिन्छ । काजुले शरीरको व्लड कोलेस्ट्रोल तथा व्लड शुगरलाई समेत नियन्त्रित गर्छ ।

    किसमिसमा हुने भिटामिन ए, पोटेसियम, म्याग्नेसियम, फस्फोरस र आइरनको भरपूर मात्राले तपाईंलई एनिमियाबाट बचाउँछ । किसमिसले रक्तसञ्चार नियन्त्रणमा राख्न सहयोगय गर्छ । किसमिसको सेवनले आँखालाई ताजा राख्छ, दाँतको रोगबाट बच्ने तथा त्वचालाई उर्बर राख्न मद्दत मिल्छ ।

    उचित मात्रा

    नेपालीमा एउटा भनाई छ, धेरै खायो भने औषधि पनि विष हुन्छ । धेरै खायो भने चिनी पनि तीतो हुन्छ । ठीक यसैगरी पोषणले भरिपूर्ण भाइ मसला पनि आवश्यक्ताभन्दा धेरै खाँदा फाइदा गर्दैन । बरु, यसले हानी पु¥याउँछ ।

    धेरै मात्रामा भाइ मसला सेवन गर्दा ग्याष्ट्रिक हुने, पचाउन गाह्रो हुने, कब्जियत हुने, पखला लाग्ने जस्ता समस्या देखापर्छ ।

    भाइ मसलामा विभिन्न पोषक तत्वका साथसाथै प्राकृतिक चिनी पनि पाइन्छ । तर, कतिपयमा फ्रक्टोजको रुपमा यस्तो चिनी अत्यधिक मात्रामा हुन्छ, जुन स्वास्थ्यका लागि फाइदाजन नहुन सक्छन् । यो ब्लड सुगर र डाइबिटिजका बिरामीहरुका लागि हानीकारक हुन सक्छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij