सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

इटहरीकाे आइसोलेसनमा सामुहिक भाईटीका

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २, २०७७



  • इटहरी । इटहरी उपमहानगरद्धारा संचालित इटहरी आइसोलेसनमा सामुहिक भाईटीका लगाइएको छ । आइसोलेसनमा रहेका ६ जना संक्रमितहरुलाई उपमेयर लक्ष्मी गौतमको सक्रियतामा त्यँहि रहेकी एकजना संक्रमित महिलाले टीका लगाइदिइन् ।

    ११ जना सुरक्षाकर्मी र ४ जना स्वास्थ्यकर्मीहरुलाई उपप्रमुख लक्ष्मी गौतमले टीका लगाइदिइन् । टीका,माला,सेलरोटी,फलफूल लगायतका खानेकुरा लिएर उपप्रमुख गौतम आइसोलेसन पुगेकी थिइन् ।संक्रमितहरुले बर्षदिनको चाडवाडमा आइसोलेसनमा रहदाँ पनि टीका लगाउने अवसरका लागि धन्यवाद ज्ञापन गरेका छन ।

    स्वास्थ्यकर्मी शिव कुमार मण्डलले भने “उपमेयर गौतमलाई म्याम भन्ने गरेको थिए टीका लागएर अव उहाँले भाई बनाउनुभयो,अव म दिदी भन्छु ”
    यस्तो अवस्थामा पनि टीका लगाइदिएकोमा उपमेयर गौतमलाई हार्दिक धन्यवाद दिएको उनले वताए ।

    चाडवाडमा समेत सेवामै खटेका सुरक्षाकर्मीहरुलाई टीका लगाइदिदा उनीहरुले आँखाभरि आँशु पारेर हर्ष ब्यक्त गरेको उपमेयर गौतमले बताइन् ।

    बर्षदिनको चाडवाडका वेला संक्रमितभएर घर परिवार भन्दा टाढा वस्नुपर्दा र उनीहरुको स्वास्थ्य र सुरक्षाका लागि चाडपर्व पनि नभनि खटने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई चाडवाडको अनुभूति दिलाउन टीका लगाएको उपमेयर गौतमले बताइन् । दशैका वेला पनि इटहरी आइसोलेसनमा सामुहिक टिका लगाइएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij