सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

जलेश्वरमा ट्र्याक्टरले ठक्कर दिँदा मृत्यु

  • प्रकाशित मिति : बुधबार, मंसिर ३, २०७७



  • जलेश्वर । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवासमा आज बिहान तेल बोकेको ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका–१० बस्ने २६ वर्षीय आशालाल परियार छन्।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले घटनामा दाजुको मृत्यु भएको र नाम नखुलेको भाइको अवस्था सामान्य छ।

    आज बिहान तेल बोकेर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३५२१ नं को ट्याङ्करले बर्दिबासस्थित भावना पेट्रोल पम्पबाट मोटरसाइकलमा तेल भरेर निस्कँदै गरेको ग९प५३२१ नं को मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो।

    ट्याङ्करको ठक्करबाट गम्भीर घाइते आशालाललाई उपचारका लागि बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा लगिएकामा त्यहीँ मृत्यु भएको थियो । शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ। ठक्कर दिने टयाङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij