सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना, १ जनाको मृत्यु

  • प्रकाशित मिति : बुधबार, मंसिर ३, २०७७



  • ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङको सल्लेरीमा आज दिउँसो भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्वाखोला गाउँपालिका–२ का ट्र्याक्टरका सहचालक २३ वर्षीय दले गुरुङ रहेको प्रहरीले जनाएको छ ।

    सोही गाउँपालिका–२ ओझा गाउँबाट अलैँची लिएर खोक्लिङतर्फ आइरहेको लु ४ त ६५४८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट तल झरेको र सोही ट्र्याक्टरकै पछाडिको भागले किचेर गुरुङको मृत्यु भएको हो । ट्र्याक्टर चालक खोक्लिङका कृष्ण थापा फरार रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

    ट्र्याक्टरमा सवार चालक थापाका छोरा पाँच वर्षीय किर्जम थापा भने घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याइएको बताइएको छ । फरार चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij