आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एकैठाउँमा ११ वटा गाई मृत फेला

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ५, २०७७



  • बैतडी, मंसिर ५ । बैतडीमा ११ वटा गाई एकै ठाउँ मृत अवस्थामा फेला परेका छन् ।

    पुर्चौंडी नगरपालिकास्थित खानेपानीको मुहानमा ११ वटा गाई मरेको अवस्थामा फेला परेका हुन् ।

    सिंगास सामुदायिक वनको हाताभित्र रहेको भेरीखोला मूहानमा गाई मृत अवस्थामा भेटिएका हुन् ।

    खानेपानीको मूहानमा मरेका गाई फेला परेपछि पुर्चौंडी नगरपालिकाको मुडेलीका ८० घरपरिवार र एक विद्यालयमा खानेपानीको समस्या भएको छ ।

    गाउँमा आउने खानेपानीको मूहानमा गाई मरेका भेटिएपछि गाउँमा खानेपानीको समस्या भएको स्थानीय सीता साउँदले बताउनुभयो ।

    गाई कसरी मरे वा मारेर फालिएको हो भन्ने सम्बन्धमा स्थानीय प्रशासनले खोजी गरिरहेको छ ।

    गाईको हत्या गरेर फालेको भए कानुन अनुसार कार्वाही हुने बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij