आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

श्रीमतीसँग रक्सी खाएको देखेपछि खुकुरी प्रहार

  • प्रकाशित मिति : सोमवार, मंसिर १५, २०७७



  • श्रीमतीसँग रक्सी खाएको भेटेपछि बुढानीलकण्ठमा एक जना व्यक्तिमाथि खुकुरी प्रहार भएको छ ।

    घटनामा सिन्धुपाल्चोकको चौतारा–४ घर भइ बुढानिलकण्ठ नगरपालिका–५ बस्दै आएका ३५ वर्षीय राजकुमार तामाङ गम्भीर घाइते भएका छन् ।

    बाँसबारी अस्पतालमा प्रारम्भिक उपचारपछि हाल उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना गरिएको छ ।

    तामाङलाई खुकुरी प्रहार गर्ने बुढानीलकण्ठ –३, नयाँ चोक बस्ने ४८ वर्षीय विष्णु तिवारी महानगरीय प्रहरी प्रभाग, बुढानीलकण्ठले आइतबार दिउँसो पक्राउ गरेको छ । तिवारीमाथि म्याद थप गरेर विस्तृत अनुसन्धान महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले गरिरहेको छ ।

    घटना भएका दुवै जनाले मादक पदार्थ सेवन गरेका थिए । दुवै जना मजदुर हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij