सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

६१ वर्षकी आमाले आफ्नै छोराको सन्तान जन्माएर हजुरआमा बनिन्

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १९, २०७७



  • काठमाडौं। ६१ वर्षकी एक महिलाले आफ्नै छोराको सन्तान जन्माएर हजुरआमा बनेकी छिन् । आफ्ना समलिंगी (गे) छोरा र उनका श्रीमानको लागि सेरोगेसीमार्फत आमा बनेकी सेसिले एलेज नामकी ती महिलाले छोराकी छोरी अर्थात नातिनी जन्माएकी हुन् । सेसिलेका समलिंगी छोरा म्याथ्यु एलेज र उनका श्रीमान एलियट डोहर्टीकी छोरीको नाम उमा लुइस राखिएको छ ।

    बीबीसीको रिपोर्टअनुसार उनका छोरा र डोहर्टीले परिवार सुरु गर्न चाहेको बताएपछि सेसिलेले आफूले सन्तान जन्माइदिने प्रस्ताव गरेकी थिइन् । ‘त्यतिबेला उनीहरु सबै हाँसे’ सेसिलेले बीबीसीसँग भनिन् । छोराहरुलाई प्रस्ताव गर्ने बेला नेब्रास्काकी सेसिले ५९ वर्षकी थिइन् । उनका अनुसार सुरुमा उनको प्रस्ताव उनको परिवारमा हाँसोको विषय बनेको थियो ।

    जब उनीहरुले सेसिलेको प्रस्ताव गम्भीर रुपमा लिए र उनीबाट सन्तान जन्माउने विकल्पका बारेमा खोज्न थाले चिकित्सकले यो विकल्प निकै जटिल भएको बताए । सेसिलेको कैयौं स्वासथ्य परीक्षण गरियो र अन्ततः उनलाई सेरोगेसीबाट सन्तान जन्माउन योग्य घोषित गरियो । ‘म स्वासथ्यप्रति धेरै संवेदनशील छु’ सेसिलेले भनिन् ‘मैले बच्चा हुर्काउन सक्दिन कि भन्ने शंका गर्ने कुनै कारण थिएन ।’ सेरोगेसीका लागि सेसिलेका छोरा म्याथ्युले वीर्य र डोहर्टीकी बहिनी लियाले डिम्ब दिएकी थिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij