प्रकाशित मिति : आइतवार, मंसिर २८, २०७७
काठमाडौं। होमस्टे एसोसिएसन नेपाल (होसान) ले ९ महिनादेखि बन्द रहेका होमस्टेहरु पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रण नियन्त्रणका लागि सरकारले लागु गरेको नियमका कारण होमस्टे चैत महिनादेखि बन्द अवस्थामा थिए।
शनिबार चितवनको खैरहनी १० कठारमा बसेको होमस्टे (घरबास) एशोसियसन नेपाल (होसान) केन्द्रीय समितिको बैठकले सरकारले तोकेको सुरक्षा मापदण्डअनुसार देशभर सञ्चालनमा रहेका होमस्टेहरू सञ्चालन गर्ने गर्ने निर्णय गरेको कोषाध्यक्ष सुरज बास्तोलाले बताए।
कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पर्यटन क्षेत्रमा पछिल्लो समय गतिविधि बिस्तारै बढ्न थालेसँगै होमस्टेहरु पनि सञ्चालन गर्ने निर्णय गरिएको हो। लामो समयदेखि बन्द रहँदा समस्यामा परेको पर्यटन क्षेत्रलाई पुर्नजिवीत गर्नका लागि विभिन्न गन्तव्यहरु खुल्ने क्रम शुरु भइसकेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij